• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

'राष्ट्रिय खेलकुदकाे व्यवस्थापन वडा तहमा खेलाइने खेल जत्तिको पनि छैन'

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १०, २०७६  ११:३४
1140x725

दाङको बेलझुन्डी रंगशालामा हाइजम्पका लागि मापदण्ड नपुगेपछि खुला चाैरमा प्रतिस्पर्धा गराइँदै।


घोराही- आठाैं राष्ट्रिय खेलकुद प्रदेश ५ का विभिन्न जिल्लामा चलिरहेको छ। अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन्। विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल भइरहेका छन्।

दाङमा छनोट भएका ७ खेलमध्ये बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस र एथलेटिक्स सकिए भने कराँते, महिला फुटबल र महिला क्रिकेट चलिरहेका छन्। प्रदेश ५ को केन्द्रमा पर्ने दाङमा पछिल्लो समय शहरीकरण बढ्दो छ। सोहीअनुसार यहाँको बजार पनि महङ्गिँदै गएको छ। तर, राष्ट्रिय प्रतियोगिता जिल्लामा चलिरहँदा राष्ट्रियस्तरको खेलाडीका लागि दिइएको सेवासुविधा र यहाँको बजार मूल्यबीच मेल खान सकेको छैन।

सबै खेलका खेलाडीलाई दैनिक १ हजार ४ सय रुपैयाँ भत्ता दिइएको छ। तर, यहाँको होटलका कोठा सात/आठ सयदेखि ५ हजारसम्म मूल्यका छन्। केही दिन पहिला सकिएको बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टनका केही खेलाडी यहाँको व्यवस्थापन समितिले व्यवस्था गरेको होटल चित्त नबुझेपछि आफ्नै पैसामा छुट्टै होटलमा बसेका थिए।

अहिले महिला क्रिकेट लमहीको खेलमैदानमा चलिरहेको छ। तर, त्यहाँ खेल्ने खेलाडीले समयमा जर्सीसमेत पाउन सकेका छैनन्। साेमबार मात्रै खेलबाट बाहिरिएको प्रदेश ५ को महिला क्रिकेट खेलाडीले ३ खेल पुरानो जर्सीमा खेले। लगातार पराजित भएपछि प्रतियाेगिताबाट बाहिरिएका प्रदेश ५ का खेलाडीले जाने समयमा जर्सी लिएर घर गएका छन्।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैँयाका अनुसार खेलाडीले आवश्यकताअनुसार भत्ता नपाउनु, जर्सी नपाउनु, स्तरीय होटलमा बस्न नपाउनुजस्ता समस्या झेलिरहेका छन्। उनले पछिल्लो बजार भाउअनुसार खेलाडीलाई भत्तासमेत निकै थोरै भएकोप्रति गुनासाे गरे। जिल्ला खेलकुद  समितिले क्रिकेट खेल सञ्चालनका लागि आफूहरुसँग कुनै समन्वय नगरे पनि जिल्लामा क्रिकेट खेल सञ्चालन भइरहेको हुदाँ क्रिकेटप्रतिको माया, इज्जतकै कारण आफूहरुले सबै प्राविधिक सहयोग गरेको उनको भनाइ छ।

'जिल्लालाई ७ राष्ट्रिय खेल खेलाउने अवसर जुरेको छ, तर व्यवस्थापन वडा तहमा खेलाइने खेल जत्तिको पनि छैन', अध्यक्ष मजगैँयाले भने, 'यहाँ भएका कुनै पनि खेलमा व्यवस्थापनकाे जिम्मा त्यहीसँग सम्बन्धित सङ्घसस्थालाई दिइएको छैन। हामीले त क्रिकेटको लाज छोप्नको लागि पनि सहयोग गरिरहेका छौँ।'

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला खेलकुद समितिका पदाधिकारीले सबै खेलमा संयोजनको जिम्मेवारी बाँडेका छन्। तर, खेलअनुसार खेलाडी र पूर्वाधारको व्यवस्थापन हुनसकेको छैन, जसका कारण यहाँ भइरहेको खेल व्यवस्थापनलाई सबैले फितलो भन्दै टिप्पणी गरिरहेका छन्।

जिल्लामा खेलसँग सम्बन्धित सङ्घ, सङ्गठन आफ्नै उत्पादनका खेलाडी, आफ्नै चिनेजानेका साथी जिल्लामा आउँदा सक्रियताका साथ खेलकुदमा सहभागिता जनाएको देखिन्छ। तर, यहाँको पूर्वाधार समस्या, खेल खेलाउने ठाउँको सही छनोट नहुँदासमेत समस्या भएको छ।

अहिले जिल्लामा महिला फुटबलसमेत चलिरहेको छ। राष्ट्रिय खेलमा सहभागी १० समूहमध्ये आधा दाङ र आधा कपिलवस्तुमा खेले। तर, सेमिफाइनल र फाइनल खेल भने दाङमा हुँदैछ। दाङमा पनि बिहानको खेल घोराहीमा र साँझको खेल तुलसीपुरमा गराइएको छ। तुलसीपुरमा भर्खरै निर्माण गरिएको रङ्गशालामा राष्ट्रिय खेलकुद सुरु भएपछि तयारी थालिएको थियो।

समयमा मैदान तयार नहुँदा रङ्गशालामा फुटबल खेल्नै समस्या भएको खेलाडीले बताएका छन्। तुलसीपुरमा कराँतेका लागि निर्माण गरिएको कबर्डहल पूर्ण छैन। हलको आधा भागमा मात्रै छानो लगाइएको छ। तत्काल भित्री भाग घाम छेक्नका लागि त्रिपाल लगाएर खेल सञ्चालन भइरहेको छ।

मैदानमा रोपिएको दुबोसहितको माटो सम्याउने काम नगर्दा बल हानेको ठाउँतिर नगई अन्तै मोडिने समस्या देखिएको छ। त्यसमाथि बजार क्षेत्रभन्दा टाढा भएको हुँदा रङ्गशालामा राष्ट्रिय खेल हुँदा न खेलाडीले दर्शक पाएका छन् न खाजा खाने ठाउँ, न केही समस्या भइहाले तत्काल उपचारको व्यवस्था।

जिल्ला फुटबल सङ्घका महासचिव नरेन्द्र पुनमगर पनि बजार क्षेत्रभन्दा टाढा खेल हुँदा खेलाडीलाई समस्या हुने चिन्ता व्यक्त गर्छन्। 'कुनै दुर्घटना भए तुरुन्त अस्पताल ल्याउनुपर्ने हुन्छ, खेलाडीलाई भोकप्यास लाग्दा होटल चाहिन्छ, त्यो सबै बेलझुण्डी रङ्गशालाबाट टाढा छ', उनले भने, 'राष्ट्रिय खेलमा पूर्वाधार बन्यो तर अपरिपक्व व्यवस्थापन भयो।' खेलमैदान तयार भए पनि सबैसँग समन्वय नहुँदा राष्ट्रिय खेलको गरिमा जोगिन नसकेको उनले बताए।

यस्तै जिल्ला फुटबल सङ्घका जिल्ला अध्यक्ष सुशील श्रेष्ठ भने आफूले फुटबलसँग जोडिएका सबै खेलाडी र प्रशिक्षक, रेफ्रीलाई उचित व्यवस्थापनसँग राखेको दाबी गर्छन्। 'उनीहरुको खानपान र आवास सबै हेरिरहेको छु, कुनै कमी हुन दिएको छैन', उनले भने।

केही जिल्ला खेलकुद सङ्घका पदाधिकारीले नै अध्यक्ष डिल्ली डाँगीले आफ्नो क्षेत्र भन्दै मनोमानी गरेको आरोप लगाएका छन्। तर, जिल्ला खेलकुद  विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले भने आफूले निकै मेहनत गरेर खेलकुदको पूर्वाधार तयार गरेको बताउँछन्। खेलकुदको संरचना निर्माण गर्दा आवश्यक सामग्री र बनाउने निर्माणकर्तासमेत बाहिरबाट ल्याउनुपर्ने हुँदा धेरै कठिनाइ भयाे, यसले गर्दा सबै संरचना समयमा बन्न नसकेको उनको भनाइ छ।

'दुबोसमेत नेपालमा नपाएर कोलकाताबाट ल्यायाैं', उनले भने, 'आवश्यक सामग्री यहाँ पाइँदैन, बाहिरबाट ल्याउँदा तीन महिना अगाडिलाई भन्नुपर्छ।' विभिन्न कारणले एक वर्षभित्रै सबै प्रक्रिया पुर्‍याउन र संरचना निर्माण गर्न निकै समस्या भएको उनले बताए।

जिल्लामा राष्ट्रिय खेल आयोजना गर्नु, करोडौँको भौतिक संरचना तयार हुनुले जिल्लाको गौरव बढेको र आगामी दिनमा हुने खेलकुदका कार्यक्रमसमेत आफूहरुले सहजै तयार पार्ने उनकाे दाबी छ। खेलाडीलाई भत्ताको व्यवस्था निकै थोरै भएको भन्ने गुनासो आइरहेको समयमा जिल्ला अध्यक्ष डाँगीले भने आफूहरुले प्रतिखेलाडी २ हजार ५ सय मागे पनि सरकारले नदिएपछि १ हजार ४ सय रुपैयाँमै चित्त बुझाउनुपरेको गुनासाे पाेखे।

–रीता लामा/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्