• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वसाहित्य : भारतीय कवि कुँवर नारायणका चार कविता

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १, २०७४  ०५:२९
1140x725

१. कविता

कविता वक्तव्य हैन, साक्षी हो
कहिले हाम्रो सामुन्ने
कहिले हामीभन्दा पहिले
कहिले हामीभन्दा पछाडि

भाषामा कविताको बयान
कसैले चाहे पनि रोक्न सक्दैन
जसको पूरा अर्थ हो- सत्य
जसको पूरा प्रयास हो- राम्रो मानिस

कवितालाई कुनै हतार छैन
कि ऊ विज्ञापनहरु जस्तै टाँसियोस्
जुलुसहरु जस्तै निस्कियोस्
नाराहरु जस्तै गुञ्जियोस्
अनि चुनावहरु जस्तै जितोस्

कविता मान्छेको भाषामा
कतै कुनै रुपमा बाँचोस्, बस् !

२. सामान्य जिन्दगी बाँचेर

म जान्दछु
संसारलाई बदल्न सक्दिनँ
न त लडेर नै
उसलाई जित्न सक्छु

हो, लड्दै-लड्दै सहिद बन्न सक्छु
अनि त्योभन्दा बढी
एक सहिदको समाधि
वा एक कलाकार जस्तै भव्य

Ncell 2
Ncell 2
nimb
nimb

तर सहिद हुनु
बिछट्टै बेग्लै प्रकारको विषय हो

एकदम सामान्य बाँचेर पनि
मान्छेहरु चुपचाप सहिद भएको देखिएको छ ।

३. प्रबन्ध

हिजो फेरि एउटा हत्या भयो
विचित्र परिस्थितिमा ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म अस्पताल गएँ
तर त्यो ठाउँ अस्पताल थिएन
त्यहाँ मैले डाक्टरसँग भेटेँ
तर त्यो व्यक्ति डाक्टर थिएन
उसले नर्ससँग केही भन्यो
तर त्यो महिला नर्स थिइन ।
त्यसपछि उनीहरुले मलाई अपरेशन-कक्षमा लगे
तर त्यो ठाउँ अपरेशन-कक्ष थिएन ।
त्यहाँ बेहोश पार्ने डाक्टर
पहिलेदेखि नै तम्तयार थियो- तर ऊ पनि
खासमा कुनै अर्कै मानिस थियो ।

त्यसपछि त्यहाँ अधमरो बच्चा ल्याइयो
जो बिरामी होइन, भोको थियो ।

डाक्टरले टेबलबाट
अपरेशन गर्ने चक्कु उठायो
तर त्यो चक्कु होइन
खिया लागेको भयानक चक्कु थियो ।

चक्कु बच्चाको पेटमा रोप्दै उसले भन्यो-
अब यो एकदम ठीक हुनेछ ।

४. घन्टी

फोनको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
ढोकाको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ
अलार्मको घन्टी बज्यो
मैले भनेँ- म छुइनँ
अनि कोल्टे फेरेर सुतेँ

एकदिन
मृत्युको घन्टी बज्यो…
आत्तिँदै उठेर बसेँ-
म छु… म छु… म छु…
मृत्युले भन्यो-
कोल्टे फेरेर सुत ।

***

सन् १९२७ सेप्टेम्बर १९ (फैजावाद, उत्तरप्रदेश) मा जन्मिएका भारतका प्रभावशाली कवि कुँवर नारायणको गत बुधबार (नोभेम्बर १५) ९० वर्षको उमेरमा निधन भयो। ज्ञानपीठ पुरस्कार (२००५) र पद्मभूषण (२००९) बाट सम्मानित उनी जुलाई महिनामा ब्रेन ह्यामरेजपछि कोमामा थिए।

उनी इतिहास र मिथकमार्फत वर्तमानलाई हेर्ने विशिष्ट सर्जक मानिन्छन्। मुख्य विधा कविता भए पनि उनले लेख, कथा, समीक्षा पनि लेखेका छन्। उनका कवितासंग्रहमा ‘चक्रव्यूह’, 'परिवेश', 'हम तुम', आत्मजयी,  ‘तीसरा सप्तक’, ‘अपने सामने’, ‘कोई दूसरा नहीं’, ‘इन दिनों’, 'वाजश्रवा के बहाने', 'हाशिये का गवाह' प्रमुख छन्। यस्तै, ‘आकारों के आसपास’ कथासंग्रह तथा ‘आज और आज से पहले’, ‘मेरे साक्षात्कार’ समीक्षा/विचार लेखसंग्रह लगायतका कृतिहरु प्रकाशित छन्।

हिन्दीबाट अनुवाद: जोतारे धाइबा

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्