सबैलाई पुग्नु छ आफ्नै ठाउँ
जसरी रश्मीलाई क्षितिज छोएर अस्ताउनु छ
नदीलाई अविरल बगिरहनु छ
कसैलाई भरेसम्म गाँस खोज्नुछ
कसैलाई प्रियसी र साँझ पर्खनुछ
दूर देशमा छ चरा,
गुँड र बचेरा भेट्नुछ
अनि प्रेमपत्र छ एउटा
जसको झट्टै प्रतिउत्तर फर्किनुछ
अलमल्लिएकालाई पनि लक्ष्य भेट्टाउनुछ
लडिरहेकालाई फेरि उठ्नु छ
कतै कुनै सुनसान कन्दरामा डुलिरहेछ फकिर निरुद्देश्य
सायद, उसलाई चितासम्म पुग्ने बाटो पहिल्याउनुछ
यस्तै छ विपर्यास
कि मरेकाहरू बाँच्न चाहन्छन्
बाँचेकाहरू मर्न चाहन्छन्।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।