काठमाडौं– लेखक सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ र उन्मुक्त पुस्ताको संयुक्त कवितासंग्रह ‘आफर’ २०७५ को पहिचान पुरस्कारद्वारा पुरस्कृत भएका छन्।
पूर्वकूलपति एवं कवि बैरागी काइँलाले लेखक प्रतिक्षा र ‘आफर’कविता संग्रहका ८ जना कविमध्येबाट कवि माधव घिमिरेलाई शनिबार पुरस्कार प्रदान गरेका हुन्।
उक्त पुरस्कारको राशी २ लाख २ हजार रुपैयाँ थियो।
‘नथिया’ वादी समुदायमाथि लेखिएको उपन्यास हो भने आफर दलित मुक्तिको मुद्दामा लेखिएको कविताको संग्रह हो । यसमा उन्मुक्त पुस्ताका आठ कविका ३३ कविता छन् ।
पुरस्कारको राशी अर्को वर्ष ५० प्रतिशतले वृद्धि गरी ३ लाख ३ हजार रुपैयाँले वितरण गर्ने घोषणा गरिएको छ।
पहिचान बोर्डका संस्थापक अध्यक्ष जंग सुनुवारले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।