काठमाडौं– उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताएकी छन्।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औं साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले मिश्रकै साहित्यिक योगदानका कारण हामी आज स्वतन्त्र भएर हिँड्न पाएको बताइन्।
'जनताको अधिकारलाई पूरा हुन दिनुपर्छ भन्ने उहाँको भनाइलाई सबै मिली साथ दिनुपर्छ', उनले भनिन्।
मिश्र जस्ता स्वाभिमानी कवि कतै पनि नपाइने साहित्यकार मोहन दुवालले बताए। 'मिश्रलाई सरकारसँग आत्मसमर्पण गर्न पटक–पटक आग्रह गरियो, तर उहाँ कहिल्यै झुक्नुभएन', दुवालले स्मरण गरे।
शुक्रबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष साहित्यकार अनिल पौडेलले आफ्नो कार्यकालमा प्रतिष्ठानले थुप्रै काम गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।