एजेन्सी- रोहित शेट्टी निर्देशित 'गोलमाल ४'ले आफ्नो कमाइलाई २ सय करोड भारू पुर्याइसकेको छ। यसका बाबजुत पनि बक्सअफिसमा फिल्मको कमाइ स्थिर रहिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्मले बुधबार पनि ५० लाख भारू कमाइ गरेको छ। रोहित शेट्टीका लागि 'गोलमाल ४' सर्वाधिक छिटो २ सय करोडको कमाइ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि रोहित निर्देशित 'चेन्नई एक्सप्रेस'ले सो सफलता हात पारेको थियो। 'गोलमाल ४' ले ४ दिनमा नै सय करोड भारूको आँकडा पार गरेको थियो।
फिल्म यस वर्ष सय करोडको आँकडा पार गर्ने ९औं फिल्म पनि बनेको छ। यसअघि अजय देवगवको 'सिघंम रिटन्स' आजसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्ममा सूचीकृत भएको थियो। फिल्मले त्यतिबेला १४० करोड भारू कमाएको थियो। फिल्म एकसाथ ३६ सय पर्दामा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।