एजेन्सी- पाकिस्तानी अभिनेत्री माहिरा खानले कुनै दिन बलिउडमा फिल्म खेल्ने मौका पाएमा शाहरुख खानसँग काम गर्ने इच्छा राखेकी थिइन्। उनको त्यो सपना फिल्म 'रईश'मा पूरा भयो।
शाहरुखसँग काम गर्दाको अनुभव राम्रो रहेको बताउँदै उनले बलिउडमा थप काम गर्ने बाटो नदेखेको उल्लेख गरेकी छन्। उनले पछिल्लो समय भने भारतमा गएर फिल्म खेल्ने वातावरण नै नभएको बताएकी छिन्।
माहिराले हालै सामाजिक सञ्जालमा आफूबारे भएको ट्रोलको बारेमा बताउँदै ती कुरामा बोल्नुभन्दा चुप रहनु नै उचित हुने प्रतिक्रिया दिएकी छिन्।
'केही बोल्यो भने मिडियाले एउटा शब्द समातेर त्यसैलाई बंग्याउने गर्छन्, त्यही भएर प्रतिक्रिया दिनु बेकार लाग्छ', उनले भनिन्।
मान्छेहरुले आफ्नो जुनसुकै विषयमा मूल्यांकन र टीका-टिप्पणी गरे आफू राम्रो रोल मोडल बन्ने दिशामा अघि बढिरहेको माहिराको भनाइ छ।
केही समयअघि माहिराले रणवीर कपुरसँग चुरोट खाइरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। जसबारे सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।