काठमाडौं– चर्चित फिल्म ‘झोले’का निर्माताले बनाएको अर्काे फिल्म ‘मिस्टर झोले’ले कभर भिडियो प्रतियोगीता गर्ने भएको छ । प्रतियोगीता जित्नेलाई रु १ लाख ५५ हजार दिने घोषणा निर्माता टेकेन खड्काले गरेका छन् ।
कभर भिडियोमा दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पुरस्कार जित्नेछन् । पुस २८ गते फिल्म रिलिज हुँदैछ । त्यसको एक हप्ताअघि नै कभर भिडियो बनाइसक्नुपर्ने निर्माता खड्काले बताएका छन्।
केही महिनाअघि मात्रै सार्वजनिक फिल्मको गीत ‘ओखती’को कभर भिडियो प्रतियोगीता गर्न लागिएको हो । गीतमा कालिप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ। कमेडि डान्सिङ नम्बरको गीत धेरैले रुचाएका छन्।
दयाहाङ राई, वर्षा राउत, प्रवीण खतिवडा, बुद्धि तामाङ, दीया पुनलगायतले फिल्ममा अभिनय गरेका छन्।
फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गुरुङ फिल्म ‘कबड्डी’का पनि निर्देशक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।