नयाँ दिल्ली (एजेन्सी)- दक्षिण भारतीय अभिनेता प्रकाश राजले अभिनेताहरू राजनीतिक पार्टीमा आबद्ध हुनु गलत भएको बताएका छन्।
अभिनेता कमल हसनले राजनीतिमा उत्रने घोषणा गरेकै समयमा प्रकाशले यस्तो अभिव्यक्ति दिएका हुन्। कमलले हालै तमिलनाडुको मुख्यमन्त्री बन्ने इच्छा व्यक्त गर्दै भ्रष्टाचार र साम्प्रदायिकता समाप्त पार्ने बताएका थिए।
कमलका साथै अर्का सुपरस्टार रजनीकान्तले पनि राजनीतिमा आउने घोषणा गरिसकेका छन्।
प्रकाश राजले आफू भने कुनै राजनीतिक पार्टीसँग नजोडिने बताएका छन्। उनले भनेका छन्, 'कुनै पनि अभिनेता नेता बन्नु मेरो देशको दुर्भाग्य हो। म कुनै राजनीतिक पार्टीसँग जोडिन्नँ। अभिनेताहरूको राजनीतिमा आउने कामलाई सही मान्दिनँ, किनकि उनीहरूको मुख्य काम अभिनय हो।'
उनले अभिनेताहरुले आफ्ना प्रशसंकहरूप्रतिको जिम्मेवारी बुझ्नुपर्ने समेत बताएका छन्।
कन्नड, तमिल, तेलुगु, मलयालम र बलिउडका फिल्ममा सक्रिय रहँदै आएका प्रभावशाली अभिनेता प्रकाश राजको केही समयअघि 'गोलमाल अगेन' फिल्म आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।