बलिउड अभिनेता शाहरुख खान आफ्ना छोराछोरीलाई निक्के माया गर्छन्। उनले छोराछोरीसँग आफूले आफ्ना बाबुसँगको सम्बन्ध जस्तै राकेर हुर्काएको बताउने गरेका छन्। दुई छोरा तथा एक छोरीका पिता शाहरूखले आफूले आफ्ना सन्तानसँग साथीको जस्तो व्यवहार गर्ने गरेको बताएका छन्।
'म मेरो बुबासँग जे कुरा पनि गर्न सक्थे। मेरी छोरी सुहानासँग पनि म कुल भएर कुरा गर्छु। छोरासँग पनि त्यस्तै गरी कुरा हुन्छ। सुहानालाई सेटमा आएर मसँग समय बिताउन मनपर्छ। हाम्रो एकअर्कासँग साथीको जस्तो व्यवहार देखेर सेटमा मानिसहरू छक्क पर्ने गर्छन्' शाहरूखले भने।
यससँगै उनले आफूलाई छोरीले 'पापा' भनेर नभइ 'ब्रो' भनेर बोलाउने गरेको पनि खुलासा गरे। छोराआर्यनले भने शाहरूखलाई 'पापा' भनेर नै बोलाउने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।