दक्षिण भारतीय अभिनेता प्रकाश राजले आफू कुने राजनीतिक पार्टीसँग नजोडिने बताउँदै अभिनेताहरू राजनीतिक पार्टीसँग जोडिनु गलत भएको बताएका छन्।
अभिनेता कमल हसनले राजनीतिमा उत्रने घोषणा गरेको समयमा प्रकाश राजका तर्फबाट यस्तो अभिव्यक्ति आएको हो। कमलले हालै तमिलनाडुको मुख्यमन्त्री बन्ने इच्छा जाहेर गर्दै सो बनेर भ्रष्टाचार र साम्प्रदायिकता खत्म गर्ने आफ्नो इच्छा रहेको बताएका थिए।
कमलमात्र नभई अर्का सुपरस्टार रजनीकान्तले पनि राजनीतिमा आउने घोषणा गरिसकेका छन्।
अभीनेताहरू नेता बन्न लागेकोमा उनले भने, ' कुनै पनि अभिनेता नेता बन्नु मेरो देशको दुर्भाग्य हो। म कुनै राजनीतिक पार्टीसँग जोडिन्न। म अभिनेताहरूको राजनीतिमा आउने कामलाई सहि मान्दिन किनकी उनीहरू अभिनेता हुन् । उनीहरूले आफ्ना प्रशसंकहरू प्रति रहेको जिम्मेवारी बुझ्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।