आफ्नो दमदार अभिनयका लागि बलिउडमा आफ्नो बेग्लै नाम बनाएकी अभिनेत्री विद्या बालनलाई कुनै समय फिल्म उद्योग नै छाड्ने कुरा मनमा आएको थियो।
'बेबी' तथा 'किस्मत कनेक्सन' फिल्मका दौरान उनको वजन र पहिरनलाई लिएर गरिएका अनेकन टिका टिप्पणी र आलोचनाले गर्दा उनमा सो सोच पलाएको थियो। उनलाई त्यतिबेला लागेको थियो, 'के यसअघि मैले पाएको तारिफ कतै एउटा संयोगमात्र त थिएन?' यही बेला दक्षिण भारतीय फिल्म उद्योगमा उनको धेरै आलोचना भइरहेको थियो। विद्यालाई अल्छीना समेत भनेर दक्षिण फिल्म उद्योगमा टिप्पणी गरिएको थियो। उनले खेल्ने भर तय भएका कुनै फिल्म सुरू नै नभएपछि उनलाई त्यसो भनिएको थियो।
यस्तो भएपछि विद्यालाई कतै म यो उद्योगको लायक नै छैन कि? भन्ने लागेको थियो। तर उनले आफूलाई त्यो बेलामा शशक्त भएर अगाडी बढ्नुपर्ने विचार आएकाले उद्योग नछोडेको बताउँछिन्।
'पा', 'दी डर्टी पिक्चर' तथा 'कहानी' जस्ता फिल्मको सफलताले उनलाई त्यो हौसला प्रदान गरेको थियो। करियरको सुरूवातमा पनि उनले 'परिणीता' तथा 'मुन्ना भाइङङ' फिल्मले प्रशंसा दिलाएका थिए।
आज महिला प्रधान फिल्म बनाउने बेलामा विद्याको नाम सबैभन्दा अगाडी निर्देशकको मनमा आउँछ। आज यो स्थानमा पुग्नका लागि विद्यालाई बाटो सजिलो त थिएन तर तमाम आलोचनालाई छिचोल्दै उनी अगाडी बढिन्।
विद्या भन्छिन्, ' म एकदमै अटेरी रहेछु। यत्रो आलोचनाका बाबजुत पनि परिवर्तन भइन्। त्यसैले म विद्या बालन भएँ।'
यी कुराबाट अगाडी बढेकी विद्या भन्छिन्, 'मलाई पर्दामा पनि यस्तै भूमिका गर्न मनलाग्छ किनकी यस्ता भूमिकामा म आफूलाई जोड्न सक्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।