पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानलाई पाकिस्तानमा हुँदा कुनै दिन बलिउड फिल्म गर्ने मौका मिल्दा शाहरुखसँग गर्न पाइयोस भन्ने चाहना राख्ने गरेको बताएकी छन्। उनको त्यो सपना बलिउडमा पूरा भइसकेको छ। फिल्म 'रईश'मा शाहरूख खानसँग उनले जोडी बाँध्न पाइन्। उनले शाहरूखसँग काम गर्दाको अनुभव राम्रो रह्यो । योसँगै माहिराले अहिले भारतमा गएर बलिउड फिल्म खेल्ने वातावरण नभएको पनि बताइन।
त्यस्तै माहिराले हालै आफूलाई लिएर सामाजिक संजालमा भएको ट्रोलको बारेमा प्रतिक्रिया पनि दिएकी छन्। उनका अनुसार उनलाई ती कुराको बारेमा जवाफ दिन मन लागे पनि ती कुरामा चुप रहनु नै ठीक हुने बताउँछिन्।
माहिराका अनुसार केहि बोल्यो भने मिडियाले एउटा शब्द समातेर त्यसैलाई बङ्ग्याउने काम हुन्छ। उनले भनिन, ' कोही माहिराले माफी मागिन भन्छन त कोही माहिराले यो आफ्नो जीन्दगी हो भनिन भनेर भन्छ।'
मिराले आफूबारेमा छापिने सबै कुराहरू पढ्ने गरेको बताउँदै तीनका बारेमा प्रतिक्रिया दिनु बेकार रहेको टिप्पणी गर्छिन्।
''तपाई मलाई मेरो इतिहासलाई लिएर यसो र उसो भन्न सक्नुहुन्छ। मेरो कामको बारेमा पनि धारणा बनाउन सक्नुहुन्छ। तपाईहरूलाई मेरो जुन कुरामा मूल्याकंन गर्न मन लाग्छ गर्नुस। म एउटा राम्रो रोल मोडल बन्न चाहन्छु', उनले भनिन्।
केहि समय पहिले रणवीर कपुरसँग चुरो तानिरहेको फोटो सामाजिक संजालमा भाइरल भएको थियो, जसलाई लिएर सामाजिक संजालमा उनको चर्को आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।