काठमाडौं- आर राजवंशी निर्देशित 'शेरबहादुर'ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। फिल्मको 'कान्छी मट्याङ् ट्याङ्' बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको शब्द तथा संगीत कोसिस क्षेत्रीको हो। गायनमा कोसिसलाई मिना निरौलाले साथ दिएकी छन्। गीतका कोरियोग्राफर वसन्त श्रेष्ठ हुन्। भिडियोमा कर्मा, मेनुका प्रधान तथा रविन्द्र झा देखिएका छन्।
थ्रिलर जनरामा निर्माण गरिएको फिल्ममा एक अवकाशप्राप्त सेनाको कथा छ। फिल्मको शीर्ष भूमिकामा सुनिल थापा छन्। फिल्म माघ १९ गते रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।