काठमाडौं- प्रदीप खड्का स्टारर 'लिली बिली'मा नायिका परिवर्तन गरिएको छ। फिल्ममा पूर्वघोषित नायिका रेविका गुरुङलाई बेलायती दूतावासले भीसा नदिएपछि निर्माण पक्ष नायिका परिवर्तन गर्न बाध्य भएको हो।
फिल्ममा रेविकाको ठाउँमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्। प्रियंकासँग बेलायतको भीसा भएकाले फिल्म उनको हातमा पर्न गएको हो।
बेलायती दूतावासले रेविकाको भीसा आवेदन दोस्रो पटक अस्वीकार गरेपछि फिल्म युनिटले प्रियंकालाई प्रस्ताव गरेको थियो।
फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दै छन्। फिल्मबाट अर्की नायिका जसिता गुरूङले डेब्यू गर्दै छिन्।
यसअघि फिल्म कात्तिक पहिलो साताबाट फ्लोरमा जाने बताइए पनि रेविकाको भीसा समस्याले सुटिङ सुरु हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।