नयाँ दिल्ली (एजेन्सी)- अभिनेत्री विद्या बालनले बलिउडमा फरक छवि स्थापित गरेकी छन्। नारीकेन्द्रित फिल्ममा उनको प्रभावशाली भूमिकाको निकै तारिफ हुने गरेको छ।
यतिबेला नयाँ फिल्म 'तुम्हारी सुलु'को प्रचारमा व्यस्त रहेकी विद्याले सारी आफूलाई सबैभन्दा ग्ल्यामरस पहिरन लाग्ने बताउँदै आफ्नो शरीरप्रति असाध्यै प्रेम रहेको बताइन्।
विद्याले यस्तो बताए पनि बेलाबेलामा उनको मोटो शरीरबारे टीका-टिप्पणी हुने गरेको छ। यसै क्रममा शरीरको वजन घटाउनुपर्ने भन्दै मानिसहरुले दिने गरेका सुझावबारे विद्याले जवाफ दिएकी छिन्।
फिल्म प्रचारका क्रममा उनलाई तौल घटाउनेबारे के सोचिरहनुभएको छ भन्ने प्रश्न सोधिएपछि विद्याले बोलेकी हुन्।
प्रश्नप्रति केही असन्तुष्ट देखिएकी विद्याले त्यसको कूटनीतिक जवाफ दिँदै भनिन्, 'म आफूले गरिरहेका कामबाट सन्तुष्ट छु। तपाईंहरूले आफ्नो हेर्ने दृष्टिकोण बदल्नुभयो भने धेरै राम्रो हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।