नयाँ दिल्ली (एजेन्सी)- दीपिका पादुकोण केन्द्रीय भूमिकामा रहेको 'पद्मावती' फिल्म लामो समयदेखि विवादमा तानिएको छ।
एकथरीले फिल्मको रिलिज रोक्नुपर्ने माग गरिरहेका छन्। विशेषगरी राजस्थानको राजपुत समुदायले फिल्ममा राजपुत कन्यालाई गलत तरिकाले प्रस्तुत गरिएकाले फिल्म रोक्नुपर्ने माग राख्दै आएका छन्।
यिनै विवादका बीच अभिनेता सलमान खानले भने फिल्मको पक्षमा अभिव्यक्ति दिएका छन्। उनले एक अन्तर्वार्तामा फिल्मका निर्देशक सञ्जय लीला भन्सालीको पक्षमा बोलेका हुन्। उनले सो अन्तर्वार्तामा भन्सालीले कहिल्यै गलत काम नगर्ने र गलत कुरा फिल्ममा पनि नहुने बताएका छन्।
सलमानले अन्तर्वार्ताका क्रममा फिल्म नहेरी टिपपणी र आलोचना गर्नु ठीक नभएको भन्दै यसका लागि सेन्सर बोर्डको निर्णय कुर्नुपर्ने धारणा राखेका छन्।
दीपिकाका साथै रनवीर सिंह र शाहिद कपूर अभिनीत फिल्म डिसेम्बर १ तारिखमा रिलिज हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।