एजेन्सी- अमेजन डटकमले 'दी लर्ड अफ दी रिङ्स' फिल्मको टिभी सिरिज निर्माण गर्ने भएको छ।
सो फिल्मको अन्तर्राष्ट्रिय टेलिभिजन अधिकार खरिद गरेको खबर मंगलबार अमेजनले सार्वजनिक गरेको छ। सो अधिकार खरिदलाई महँगो मानिएको छ।
अमेजनले सिरिजका लागि फिल्म किनिएको भए पनि कतिमा किनियो भन्नेबारे केही बताएको छैन। अमेजनले सिरिजमा नयाँ कथा हुने जनाएको छ।
सिरिज निर्माणमा न्यू लाइन सिनेमाले अमेजनलाई सघाउनेछ। विश्वव्यापीरूपमा जान टिभी शो निर्माण गर्ने लामो समयदेखिको योजना अन्तर्गत यो फिल्म अमेजनले किनेको बताइएको छ।
बेलायतका लेखक जे आर आर टकिनको 'दी लर्ड अफ दी रिङ्स' फेन्टासी उपन्यासमाथि आधारित फिल्म तीन भागमा निर्माण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।