काठमाडौं– गायक सन्दीप ग्याबा तामाङले दोस्रो गीति एल्बम सार्वजनिक गरेका छन्।
लामो समयदेखि विदेशलाई कर्मथलो बनाउँदै नेपाली संगीतमा पनि सक्रिय रहँदै आएका उनले यस पटक लहरी लोक भाका ‘जोर मादलको जुइना’ मार्फत ल्याएका हुन्।
ओखलढुंगाको पश्चिमी क्षेत्रमा गाइने लोपोन्मुख भाकालाई गीतमा समेटेको सन्दीपले बताए।
ग्रामीण परिवेशमा युगल जोडीको प्रेमलाई प्रस्तुत गरिएको गीतको लय र शब्द संकलन गायक स्वयंले गरेका हुन्। संगीत संयोजन भने राजु खड्काले गरेका छन्।
आरबी लामा सिङ्दानले निर्देशन गरेको भिडियोमा गायक सन्दीपका साथै रुपा एस घले र सुष्मा मोक्तानले अभिनय गरेका छन्। गीतमा हास्य कलाकारद्वय वीरेन्द्र ग्यावा तामाङ र विकल लामा पनि देखिएका छन्।
सन्दीपले यसअघि ‘तकदिर’ एल्बम ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।