नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेता अक्षय कुमार वर्षभरि धेरै फिल्ममा काम गर्ने कलाकारमा गनिन्छन्। फिल्मपिच्छे फरक-फरक भूमिकामा देखिएर उनले आफूलाई भर्सटायल साबित पनि गरिरहेका छन्।
केही समयअघि सलमान खानले उनको प्रशंसा गर्दै आफूले फिल्मी करिअरमा अक्षय कुमारले जस्तो विविध काम गर्न नसकेको बताएका थिए।
अक्षय फरक फिल्म गर्नेमा मात्र सीमित छैनन्, लगानी गर्ने मामिलामा पनि उनी अन्य बलिउड कलाकारभन्दा अगाडि छन्। उनी अन्य क्षेत्रमा सर्वाधिक लगानी गर्ने कलाकारमा पर्छन्। हालै उनले मुम्बईको जुहुमा एकैचोटि चार वटा फ्ल्याट किनेका छन्।
उनले यसै महिनाको सुरूमा ती फ्ल्याट किनेका हुन्। उनले प्रत्येक फ्ल्याटका लागि ४.५ करोड भारू तिरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।