नयाँ दिल्ली (एजेन्सी)- सलमान खानको 'टाइगर जिन्दा हे' को रिलिज नजिकिइरहँदा उनले नयाँ फिल्मको सुटिङ सुरू गरिसकेका छन्।
उनले 'रेस ३' फिल्मको सुटिङ थालेका हुन्। सुटिङ सुरू भएसँगै उनले फिल्मको फस्ट लुक ट्विटर मार्फत सार्वजनिक गरेका छन्।
'रेस ३' फिल्ममा सलमान एक्सन भूमिकामा देखिनेछन्। फिल्मका लागि उनले आफ्नो वजन घटाएका छन्।
फिल्ममा सलमानका साथै बबी देवल, ज्याक्लिन फर्नान्डिज, डेजी शाह, फूजा हेग्डे लगायतको अभिनय रहनेछ।
'रेस' फिल्मको यस एक्सन फ्रान्चाइजलाई रेमो डिसुजाले निर्देशन गर्दै छन्। फिल्ममा सस्पेन्स थ्रिलर कथा हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।