एजेन्सी- दक्षिण भारतीय अभिनेत्री नयनतारा यतिबेला तमिल फिल्म 'वेलइक्करन'को सुटिङमा व्यस्त छिन्। फिल्ममा उनका जोडी शिवा कार्तिकेयन बनेका छन्। फिल्मको सुटिङ राजस्थानको अजमेर तथा किशनगढमा चलिरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, सुटिङमा नयनतारालाई हेर्न अत्यधिक भिड उर्लिएपछि फिल्म निर्माताले नयनताराको सुरक्षामा करिब २ सय बाउन्सर खटाएका छन्।
नयनतारालाई हेर्न आउनेहरुको घुइँचो लागेपछि निर्माण पक्षले सुरक्षाका लागि बाउन्सरहरु खटाएको हो।
नयनताराको सो फिल्म सामाजिक विषयमा केन्द्रित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।