काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाई आग्रह गरेका छन्।
अध्यक्ष दाहालले अन्तराष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भईरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानुन निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।
सोमबारबाट काठमाडौंमा सुरु भएको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यामको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए।
युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताएका दाहालले भने, 'नेपालको ४२ वटा जिल्ला कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ। तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन आवश्यक छ।'
अध्यक्ष दाहालले युवा जनशक्तिलाई मुलुकभित्रै परिचालन गर्न पनि कफी खेतीमा लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।