रसुवा- भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ सुरक्षा चौकी पुनःस्थापना गरिएको छ।
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार २०७२ सालको भूकम्पका कारण त्यहाँका सबै पूर्वाधार ध्वस्त भएकामा स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन विस्थापित प्रहरी चौकी पुनःस्थापना गरी सेवा विस्तार गरिएको हो।
धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ को भूकम्पले पूर्ण क्षति बनाएपछि बस्ने ठाउँको अभावमा विस्थापित सो चौकी पुनःस्थापना हुँदा हिमाली ग्रामीणवासी र आन्तरिक एवं बाह्य पर्यटकले सुरक्षा महसुस गर्न थालेको लाङ्टाङ चौकी पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङले बताए।
भूकम्पले लाङ्टाङ गाउँ पूर्णरूपमा ध्वस्त हुँदा १७५ स्थानीय, १० नेपाली सेना र केही विदेशी नागरिकको मृत्यु भएको थियो।
नेपाली सेना र लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी भने पुनः स्थापना हुन बाँकी छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।