बार्सिलोना- स्वतन्त्रता पक्षधर क्याटलोयिाली नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा लाखौँ क्याटलोनियालीले बार्सिलोनामा प्रदर्शन गरेका छन्।
स्वतन्त्रताको पक्षमा जनमतसंग्रहको परिणाम आएपछि क्याटलोनियाको क्षेत्रीय संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको र यसै निर्णयलाई अधार बनाई क्षेत्रीय सरकारले क्याटोलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो। लगत्तै स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन सुरु गरेको थियो।
क्याटलोनियाका आठ जना क्षेत्रीय मन्त्री र दुई जना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बाली उनीहरुले विरोध जनाएका थिए। स्पेन सरकारले पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश गर्ने तयारी गरेको छ।
क्याटलोनियाका बर्खास्त राष्ट्रपति कार्लस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम गएका थिए। उनका उच्च साझेदारहरुमाथि भने मुद्दा चलाइएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।