'पिंजडा ब्याक अगेन' फिल्मले नयाँ गीत रिलिज गरेको छ। अभिनेता निखिल उप्रेतीले अभिनेत्रीसँग जोडी बाँधेको फिल्मको 'तिमी नि आधा, म पनि आधा' बोलको गीत रिलिज गरिएको हो।
गीतमा अर्जुन पोखरेल र अन्जु पन्तको स्वर छ। पोखरेलकै संगीत रहेको गीतको शब्द मुक्त उदासले रचेका हुन्। गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
माघ ४ गते रिलिज हुने फिल्मको निर्देशन हिमाल केसीले गरेका हुन्। फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका साथै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।