रुपन्देही- खानेपानी तथा सरसफाइ राज्यमन्त्री एवं नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार अब्दुल रज्जाकले यस पटकको निर्वाचन लोकतन्त्र बचाउने र सिध्याउने शक्तिबीचको लडाइँ भएकाले देशलाई कम्युनिस्ट अधिनायवादबाट जोगाउने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन्।
कांग्रेस रुपन्देहीका सभापति समेत रहेका रज्जाकले नेपाल विद्यार्थी संघ देवदह आदर्श बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको कार्यक्रममा भने, 'लोकतान्त्रिक पद्धतिलाई जोगाउने हो वा यसलाई सिध्याएर कम्युनिस्ट व्यवस्थातिर जान दिने हो, यो मतदाताको हातमा छ।'
कार्यक्रममा रज्जाकले समग्र रुपमा गुरुयोजना बनाएर क्षेत्र नम्बर १ को व्यवस्थित विकास गरिने बताए। उनले कृषि, औद्योगिक, आवास र शहरी क्षेत्रको व्यवस्थित विकास गर्ने योजना आफूसँग रहेको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।