चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ राईकी सोल्टिनीको भूमिकामा अभिनय गरेर चर्चामा आएकी नायिका रिश्मा गुरुङ लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन्।
गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियोमा रिश्माले विजयसँगै अभिनय गरेकी हुन्।
तनहुँको पर्यटकीय नगर बन्दीपुरमा छायांकन गरिएको भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन्। डिपी खनालको शब्द रहेको गीतमा सुवास भुषालको संगीत छ।
छायांकन अनिलकुमार मानन्धरले गरेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका छन्। विजयको यसअघि पनि धेरै गीत र भिडियो बजारमा आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।