• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सफाइ महाअभियान सुरु भएको ३ सय ९ हप्ता पुग्दा पनि बागमतीमै शाैच र ढल

शनिबार मात्रै उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन
64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  ०७:१०
1140x725

– पूर्णप्रसाद मिश्र/रासस
    
काठमाडौं- 'बागमती सफाइ महाअभियान' सुरु भएको ३ सय ९ हप्ता पुग्दा पनि बागमती नै शौचालय बन्न छोडेको छैन।

बागमती सफाइ महाअभियानको ३०९औँ हप्तामा बल्खु पुलस्थित बागमती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताइन्। नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ।

यसले गर्दा जति सफा गरेपनि 'हिँड्दैछ, पाइला मेट्दैछ' भनेझै सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ। त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइका क्रममा भत्काइए पनि केही अझै बाँकी छन्। बल्खु क्षेत्रको नदी किनारमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेका व्यक्तिहरुले यसरी नदी क्षेत्रमै शौचालय बनाएका हुन्। उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन।

अधिकार सम्पन्न बागमती समिति लगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा बागमती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ। सरकारले बनाएको आवासमा पनि नसरी सुकुम्बासीका नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ।

उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन्। बल्खु क्षेत्रको बागमती सफाइबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे थियो।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १७ संस्थाको सक्रियता थियो। सफाइमा ३ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो। गुह्येश्वरीमाथिको नदी सफाइको २७०औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५  स्थित हनुमान वाटिका अघिको नदी किनारमा सफाइ गरिएकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाको–५ को आतिथ्यता र बागमती सुन्दरता सरोकार मञ्चको संयोजनमा सफाइ भएको थियो। सो अवसरमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए।

मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ। घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ। सफाइबाट ३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे थियो।

माटो र कुहिने फोहरलाई 'डम्पिङ साइट'मा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ। सफाइमा मानव अधिकार तथा शान्ति समाज लगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३ सयभन्दा बढी अभियानकर्मीको सहभागिता थियो।

सफाइपछि नयाँ वर्षका अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा अधिकार सम्पन्न बागमती समितिका अध्यक्षलगायत अभियानकर्मी सहभागी भएका थिए।

Xtrem

Xtrem

रुद्रमती सफाइ अभियानको २६४औँ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएके छ। सफाइमा काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २ सयभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।

विष्णुमती सफाइको २३६औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिकाबीचको मनमैँजु पुलबाट शिव मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले जानकारी दिए।

मनोहरा तीर्थबाट नयाँ बसपार्कसम्म नमूना बनाउने उद्देश्यले ८ हप्ता लगातार यस भागमा सफाइ अभियान चलाइएको अभियानकर्मी शोभाकान्त पाण्डेयले बताए।

यस अवधिमा घरधनी र व्यवसायीलाई आफ्नो घर क्षेत्र सफा गर्न विशेष अनुरोध गरिएको थियो।

बागमतीको तिलगङ्गा क्षेत्रमा २१०औँ हप्ताको सफाइ काठमाडौं महानगरपालिका–८ स्थित तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो। जनचेतनामूलक सफाइका क्रममा 'फोहर र प्लाष्टिक नजलाऔँ' भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन्।

सुन्दरीघाटस्थित बागमती नदी किनारमा ११९औँ हप्ताको सफाइ गरियो। १ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए।

मनोहरा नदी सफाइको १०८औँ हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित झोलुंगे पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए। सफाइमा उपमहालेखापरीक्षक ईश्वर नेपाल लगायत १ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।

चक्रपथ सफाइ अभियानको १०५औँ हप्तामा सामाखुसी चोकबाट गोंगबु चोकसम्मको क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिए। घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो।

सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालि लगायत संस्थाका ३ सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।

सडकमा व्यापार गरेर बस्नेले धेरै फोहर गरे पनि काठमाडौँ महानगरपालिकालगायत राजधानीका नगरपालिकाले कारबाहीको दायरामा ल्याउन नसकेको सफाइ सक्रिय भएकाहरुको गुनासो छ। सार्वजनिक यातायातमा डस्टबिन नराख्दा पनि चक्रपथ र नदी फोहर हुने गरेको छ।

आलोकनगर सफाइको १०५औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए। त्यस क्षेत्रमा घर दैलोसमेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो। प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो।

चक्रपथ वाफल खण्ड सफाइको ८७औँ हप्तामा कलङ्की चोकबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएकाे छ। सफाइमा सुरक्षाकर्मी लगायत १ सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।

सफाइका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका प्रमुख गुमानध्वज कुँवरले ६ महिनासम्म सफाइ अभियानकर्मीलाई पानी पिउने व्यवस्था गर्ने घोषणा गरे। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो।

सफाइ महाअभियान सुरु भएको ५ वर्षसम्ममा पनि ठोसरुपमा काम हुन सकेको छैन। सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ। बागमती किनारमा सञ्चालन भएका सुँगुर बँगुर फार्म र सुकुम्बासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्