एजेन्सी- 'पद्मावती'पछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जीवनीमाथि बनेको 'बायोपिक'लाई पनि प्रतिबन्ध गर्नुपर्ने माग उठेको छ। फिल्मलाई गुजरात राज्यमा प्रतिबन्ध गर्न माग गरिएको हो।
'एन इनसिग्निफिकेन्ट म्यान' नामक बायोपिकलाई प्रतिबन्ध गरिनुपर्ने माग गर्दै गुजरातको उच्च अदालतमा जनहित याचिका दायर गरिएको छ। गत बिहीबार सो जनहित याचिका दायर गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
याचिकामा डिसेम्बरमा गुजरातमा हुने विधानसभा चुनाबमा फिल्मले असर गर्ने र फिल्म प्रदर्शन गरिनु राज्यको निर्वाचन आचारसंहिता विपरीत हुने दाबी गरिएको छ।
न्युज एजेन्सी आइएएनएसकाअनुसार वकिल भाविक सोमानीले गुजरात उच्च न्यायालयमा उजुरी दिएका हुन्।
फिल्म १७ नोभेम्बरमा प्रदर्शनीमा आउँदैछ। यसअघि भारतीय फिल्म प्रमाणीकरण बोर्डले फिल्मको सेन्सर पास गर्न मानेको थिएन। विनय शुक्ला तथा खुश्बु राकाले निर्माण गरेको फिल्मको पेहेलाज निलहानी सेन्सर बोर्डबाट बाहिरिएपछि सेन्सर पास भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।