एजेन्सी- यस वर्षको क्रिसमसमा रिलिज हुने सलमान खानको 'टाइगर जिन्दा हे'को ट्रेलरले इनटरनेटमा धूम मचायो। अलि अब्बास जफरको यो फिल्मले रिलिज अगाडि एउटा रेकर्ड आफ्नो नाममा राखेको छ।
युट्युबमा २ करोडभन्दा बढी 'भ्यु काउन्ट' पाएको सलमानको यो फिल्म संसारमा सर्वाधिक लाइक पाउने फिल्म बनेको छ। रेकर्ड बनाउने क्रममा उनले 'बाहुबली २'को साथमा हलिउड फिल्मका रेकर्डलाई समेत पछाडि छोडेको हो। युट्युबमा ७ लाखभन्दा बढी लाइक प्राप्त गरेर फिल्मको ट्रेलरले रेकर्ड बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
युट्युबमामा दिपिका पादुकोण अभिनित 'पद्मावती'ले ६ लाखभन्दा कम लाइक पाएको छ भने 'बाहुबली २'ले ६ लाख ४८ हजार लाइक पाएको छ। 'पद्मावती'ले ५ लाख २६ हजार लाइक पाएको छ।
यस्तै, हलिउड फिल्म 'स्टार वार्स: द फोर्स अवेक्नस'को ट्रेलरले ६ लाख ९५ हजार लाइक पाएको छ भने 'क्याप्टन: अमेरिका'ले ६ लाख ४५ हजार लाइक पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।