एजेन्सी- केही समय अगाडि भारतीय कमेडियन कपिल शर्माले छिट्टै आफ्नी गर्लफ्रेन्ड हिन्नी चतरथसँग बिहे गर्न लागेको खबर सार्वजनिक भएको थियो। तर, हालै कपिलले दिएको वयानले उनको विवाह तत्काल नहुने देखिएको छ। कपिलले आफू बिहेका लागि तयार नभएको प्रतिक्रिया दिएका हुन्।
एक भारतीय वेबसाइटलाई दिएको अन्तर्वार्तामा कपिलले आफूले विवाहलाई व्यवस्थापन गर्न सक्छु भन्ने शंका रहेको जनाउँदै विवाहका लागि तयार नभएको बताएका हुन्।
उनले भने, 'पछिल्ला महिनामा जे भइरहेका छन्, ती कुरा ठीक भइरहेका छैनन्। किनकि ती सबका लागि म आफैं जिम्मेवार छु।'
यससँगै कपिलले विवाह भन्ने कुरा भगवानको हातको कुरा भएको बताए। उनले अगाडि थपे, 'सरकारले विवाहका लागि २१ वर्षको उमेर हुनुपर्ने तोकेको छ। हामी विवाहको योजना बनाउन सक्छौं, तर भइहाल्छ भन्ने छैन। सरकारका अनुसार हुने भएको भए आजसम्म मेरो विवाह भइसक्नुपर्ने हो।'
उनले विवाह अगाडि आफू स्थापित हुनुपर्ने बताउँदै हाललाई विवाहको कुनै योजना नभएको स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।