काठमाडौं- आगामी वर्ष इदमा सलमान खान अभिनित 'रेस ३' रिलिज हुने तय भइसकेको छ। फिल्ममा सलमान 'ग्रे' भूमिकामा देखिनेछन्। तर, सो मितिमा सलमानसँगै उनकी पूर्वप्रेमिका ऐश्वर्या रायको फिल्म पनि रिलिज हुने भएको छ।
कुनै समय रूचाइएका अनस्क्रिन जोडी समेत रहेका उनीहरूका फिल्मको सम्भावित भिडन्तले धेरैको ध्यान तानेको छ। सलमानकै फिल्म रिलिज मितिमा ऐश्वर्या, अनिल कपुर, राजकुमार राव अभिनित 'फेनी खान' पनि रिलिज हुने भएपछि दुई पूर्वप्रेमी जोडीको वक्सअफिस भिडन्त हुने पक्का भएको छ।
फिल्मको रिलिज मिति ऐश्वर्या तथा अनिलसँगको सल्लाहमै गरिएको 'मिड डे'ले जनाएको छ। सो मितिमा फिल्म रिलिज गर्ने निर्णयमा दुवै जना खुसी भएको बताइन्छ। फिल्मको रिलिज मिति जुन १५ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।