काठमाडौ- महालेखापरीक्षकको कार्यालयले शुक्रबार जारी गरेको प्रतिवेदनमा ४० भन्दा बढी सचिव र कार्यालय प्रमुखलाई बेरुजुको जिम्मेवार व्यक्तिका रुपमा उल्लेख गरेको छ।
महालेखाले यसरी नाम लेखेकोमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीदेखि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका स्थानीय विकास मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियासम्म रहेका छन्।
अर्थ, उर्जा, गृह, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार, उद्योग वाणिज्य तथा आपुर्ति, शिक्षा विज्ञान तथा प्रविधि र शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका सचिवका नाममा बेरुजु देखिएको भन्दै उनीहरुको नाम लेखा उत्तरदायी अधिकृतको नाम उल्लेख गरेको छ।
महालेखाले उद्योगमा सचिव शंकरप्रसाद कोइराला यामकुमारी खतिवडा प्रेमकुमार राई कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर र चन्द्रकुमार घिमिरेको नाम उत्तरदायी अधिकृतको रुपमा नाम उल्लेख गरेको छ।
कृषि मन्त्रालयमा सुरोज पोखरेल, युवकध्वज जिसी विश्वनाथ ओली र प्रकाश माथेमाको नाम महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।