काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका नेतासमेत गृहमन्त्री रामबहादुर थापा बिहिबार राती चन्द्रागिरी पुगेका छन्।
पार्टी एकताका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेको स्रोतले उल्लेख गरेको छ। पार्टी एकीकरण प्रक्रियाका साथै अन्य समसायिक राजनीतिक विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
प्रधानमन्त्री ओलीसहित प्रचण्ड र गृहमन्त्री थापा चन्द्रागिरि पुगिसकेको तथा अन्य नेताहरु पुग्ने क्रम जारी रहेको स्रोतको भनाइ छ।
यसका साथै नेकपाका महासचिव विष्णु पौडेल पनि उनीहरुसँगै चन्द्रागिरिमा रहेको बताइएको छ।
चन्द्रागिरी नगरपालिकाका मेयर धनश्याम गिरीले पनि चन्द्रागिरीमा प्रधानमन्त्रीसहित नेकपाका उच्च तहका नेता पुग्ने विषयमा आफूलाई जानकारी आएको तर उनीहरुको कार्यक्रम कति लामो भन्ने विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए।
'वहाँहरु पाँच बजे तिर जाने कुरा भएको हो। फर्कने विषयमा जानकारी भएन,' नेपाल लाइभसँग उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।