काठमाडौं- संघीयताअघिका पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयहरु सरकारले खारेज गरेको छ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। उक्त निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको बताए।
ती कार्यालयहरुमा रहेका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति, अभिलेखहरु मुख्यमन्त्री र सम्बन्धित मन्त्रिपरिषद् कार्यालय मातहत रहनेछन्।
मन्त्रिपरिषद्का अन्य निर्णयहरु-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।