काठमाडौं- प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा अब संघ अन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सो बारे जानकारी गराएका हुन्। प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ दिन अतिरिक्त बिदा दिन सक्नेछन्।
काठमाडौं उपत्यकामा भने गृह मन्त्रायको निर्णय बमोजिम बिदाको निर्णय हुने मन्त्री बास्कोटाले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।