काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते भएका छन्।
बा ३ च ७९६२ नम्बरको गाडीले मोरङस्थित सुन्दरहरैंचा नगरपालिका विराटचोकमा ठक्कर दिँदा २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो। गाडीको ठक्करबाट प्रकाश चौधरी घाइते भएका छन्।
शशस्त्र प्रहरीका जवान दीपेन्द्रप्रसाद लम्सालले गाडी चलाएको बताइएको छ। मोटरसाइकलमा सवारलाई पूर्व राजाको गाडीले ठक्कर दिएको थियो।
उक्त गाडीमा पूर्व राजा भने थिएनन्। शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्कने क्रममा गएराती घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।