काठमाडौं- पूर्व गृहमन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै रेडबुलको बट्टामा भरिएको विस्फोटक पदार्थ प्रहार भएको छ।
चुनावी अभियानका क्रममा रहेका उनीसहित प्रचार टोलीमाथि रुकुमको चौरजहारी नगरपालिका- ८ मा उक्त विस्फोटक पदार्थ विस्फोट गराइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार चौरजहारी उपत्यकाको चुनावीसभा र घेरदैलो सकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गरेको बेला माथिबाट विस्फोटक पदार्थ प्रहार भएको हो।
शुक्रबार बिहान करिब ९ बजे मन्त्री शर्माको गाडीमा विस्फोटक पदार्थ फालिएको रुकुमका प्रमुख डिएसपी राजेन्द्र धमलाले जानकारी दिए। 'गाडीलाई लक्षित गरेर दुई वटा बम प्रहार गरे पनि मन्त्री शर्मासहित उनका कार्यकर्ता भने सकुशल रहेका छन्,' उनले भने, 'अहिलेसम्म घटनाको जिम्मा कसैले लिएका छैनन्। थप अनुसन्धान भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।