काठमाडौं- बारा र पर्सा जिल्लामा आएको हुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ। ‘टोर्नाडो’ नाम दिइएको सो हुरीले २८ जनाको ज्यान लिएको थियो भने ठूलो धनको क्षति गराएको थियो।
जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको बताएको हो।
विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भन्ने अनुमान पुष्टि गर्न चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पठाएको थियो।
सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार वैद्यले जानकारी दिए।
गत चैत्र १७ गते बारा-पर्सामा ठुलो हुरी आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।