• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

टुंगो लाग्दै उच्च अदालतका ८० न्यायाधीशको विवाद

64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  १९:१६
1140x725

काठमाडौं- उच्च अदालत र जिल्ला अदालतमा २०७३ सालमा नियुक्त भएका ८० न्यायाधीशहरूको विवादका विषयमा शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा अन्तिम सुनुवाई हुने भएको छ। 

न्यायाधीशहरूको विवादसम्बन्धी सो मुद्दा सर्वोच्चमा दायर भएपछि उच्च अदालतमा २ पटक न्यायाधीश नियुक्ति भइसकेको छ।

हालै मात्र १७ जना न्यायाधीश उच्च अदालतमा नियुक्त भई बुधबार सपथ समेत लिइसकेका छन्।

तर पहिलो नियुक्ति नै गैर-संवैधानिक भएको दाबी गरिएको निवेदनमा सर्वाेच्चले 'हेर्दाहेर्दै'मा राखेको थियो। उक्त मुद्दाको सुनुवाई शुक्रबारका लागि सरेको हो।

किन पर्‍यो मुद्दा?
मध्यरात बैठक राखेर परिषद्का सबै सदस्य अनुपस्थित भएको समयमा र संविधानले स्वीकार गरेको समावेशी सिद्धान्तसमेत पालना नभएको भन्दै दायर भएको निवेदनमा संवैधानिक इजलासले अन्तिम सुनुवाइ गर्न लागेको हो। 

न्याय परिषद्को २०७३ पुस २८ गते राती बसेको बैठकले ८० जनालाई न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेकी थिइन्। उनी प्रधानन्यायाधीश र परिषद् अध्यक्षसमेत थिइन्।

परिषद्‍का २ सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिस भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

परिषद्‍मा अध्यक्ष प्रधानन्यायाधीश कार्की तथा सदस्यहरूमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश उपाध्याय, कानुनमन्त्री अजयशंकर नायक, पदमप्रसाद वैदिक र रामप्रसाद सिटौला थिए।

वैदिक प्रधानमन्त्रीको सिफारिस र सिटौला नेपाल बार एसोसिएसनको कोटामा परिषद्‍मा सदस्य नियुक्त भएका सदस्य थिए।

बैठकमा अध्यक्ष कार्की, सदस्यहरू वैदिक र नायकमात्र उपस्थित थिए।

उनीहरूले नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रका नेतासँगसमेत परामर्श गर्दै न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेका थिए।

सिफारिसमा परिषद् अध्यक्ष, सदस्य र दलनिकट बढी परेका थिए।

नियुक्तिविरुद्ध जिल्ला न्यायाधीश प्रकाशकुमार काफ्लेले नै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

उनी जिल्ला न्यायाधीशको वरीयताको पहिलो नम्बरमा भएपनि उनको सिफारिस भएको थिएन।

त्यस्तै नियुक्ति प्रक्रियामा सरकारी वकिल समूहलाई अन्याय भएको भन्दै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पौडेलसहित चार जनाले २०७३ चैत १५ गते मुद्दा दायर गरेका थिए।

१५ महिनापछि संवैधानिक विवाद भएको आदेश
न्यायाधीश नियुक्ति विवाद १५ महिनासम्म संयुक्त र पूर्ण इजलासमा पेसी घुमिरह्यो।

दुई प्रधानन्यायाधीशले लगातार उक्त मुद्दामा पेशी तोक्दै आए। तत्कालीन प्रधानन्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश मिश्रको समयमा लामो समयसम्म सो मुद्दामा सुनुवाइ चलिरह्यो तर फैसला हुन सकेन।

यो मुद्दा सबैभन्दा धेरै पूर्वप्रधानन्यायाधीश मिश्रको इजलासले सुनुवाइ गरेको थियो। २०७४ असार १ गते मिश्रको इजलासबाट कारण देखाऊ आदेश जारी हुँदै विपक्षीलाई छलफलमा बोलाइएको थियो।

लगत्तै मिश्रसहित ३ न्यायाधीशको इजलासमा १० पटक पेसीमा परेको थियो।

मिश्रसहित बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले २०७५ असार २८ गते संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो। उक्त मुद्दा ५ पटक हेर्दाहेर्दै र २ पटक फैसला मिति सरेको थियो।  

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र राणासहित ५ न्यायाधीशको संवैधानिक इजलासले सुरुदेखि नै पुनः सुनुवाइ गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक
बढ्यो हवाई भाडा [सूचीसहित]
हिन्दू र मुस्लिम समुदायका अगुवासँग गृह मन्त्रालयको छुट्टाछुट्टै छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
हिन्दू र मुस्लिम समुदायका अगुवासँग गृह मन्त्रालयको छुट्टाछुट्टै छलफल मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित मंगलबार, साउन १९, २०८३
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु मंगलबार, साउन १९, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्