काठमाडौं- काठमाडौंबाट दिल्लीका लागि उडान गर्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ।
तेल नै नभएको विमान टेकअफ गर्नै लागेको थियो। पाइलटले तत्कालै थाहा पाएकाले विमान आकस्मिक रुपमा टर्न गराइएकाले जहाज दुर्घटनाबाट बचेको हो।
विमानलाई टर्न गरेर पाइलटले तेल हाल्न ल्याएका थिए।
दिउँसो ३:५० मिनेटमा दिल्ली उडान गर्न लागेको थियो। तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङ वेमा फर्काइएको थियो।
जेट एयरवेजको उडान नम्बर २६७ का पाइलटले ‘टेक अफ’ गर्ने समयमा मात्रै जहाजमा तेल नै नभएको थाहा पाएका थिए।
तेल भरेपछि झन्डै दुई घन्टापछि केही बेरअघि उडान भरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।