काठमाडौं- वैदेशिक रोजगार विभाग बुद्धनगरका नायव सुब्बा रामकुमार फुयाँल र शाखा अधिकृत जगतकुमार बोहराले ६० हजार घुस लिएको खुलेको छ।
राप्ती प्लेसमेन्ट सर्भिस प्रालि नामक म्यानपावरका संचालक रवीन्द्र अधिकारी विरुद्ध वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौंमा विचाराधिन रहेको वैदेशिक रोजगार सम्बन्धी मुद्दालाई सहजीकरण गरिदिने भनी ६० हजार घुस लिएको खुलेको हो।
म्यानपावर सञ्चालकबाट सुब्बा फुयाँलले ६० हजार घुसलिएको खुलेपछि निज सुब्बालाई पक्राउ गरी अनुसन्धान गर्दा शाखा अधिकृत बोहरासमेत संलग्न रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अनुसन्धान हुँदा निजहरु दुबै जनाको सरसल्लाह र मिलेमतोमै सो घुस लिएको सप्रमाण पुष्टि भएको आयोगले जनाएको हो।
निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (९१०) को कसुर अपराध भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (ग) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई चैत २६ गते विशेष अदालत काठमाडौमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।