काठमाडौं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्दका नेता हेमन्तप्रकाश ओलीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ।
जिल्ला अदालतमा मुद्दा चलाउनका लागि रीतपूर्वक म्याद थप भई अनुसन्धान भई रहेको भन्दै सर्वोच्चले धरौटी वा सामान्य तारेखमा रिहा गर्न अस्वीकार गरेको हो।
न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले ओलीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।
ओलीका हकमा विपना ओलीले चैत २३ गते सर्वोच्च्मा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन्।
उक्त निवेदनमा फैसला सुनाउँदै सर्वोच्चले खारेज गरिदिएको हो।
सर्वोच्चको यो फैसलापछि जिल्ला अदालतमा मुद्दा दर्ता भई पुर्पक्षको बहसमा नछुटेसम्म उनी अनुसन्धानका लागि थुनामै रहने देखिएको छ।
ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो। एनसेलको टावर विस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले ओलीमाथि अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।