• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अनुभूति : ट्राफिक

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २४, २०७४  ०६:३४
1140x725

एउटा लेखक शब्दको माध्यमले खुसी बेच्छ। कुण्ठा बेच्छ। आँसु बेच्छ।

कलाकार अभिनय बेच्छ। गायक आफ्नो गलाको माध्यमले स्वर बेच्छ। शिक्षक ज्ञान बेच्छ। पसले सामान बेच्छ।

यसलाई हामी हाम्रो पसिना भन्छौं,  मिहिनेत भन्छौं।

हरेक मान्छेले आ-आफ्नो हैसियत अनुसार पैसासँग सीप विनिमय गर्छ। आफ्नो जीवन चलाउन हरेक मान्छे एकुन्टा धन्दामा जिन्दगी अर्पण गर्छ। यस्तै केही माध्यमबाट समाजमा आफ्नो उपस्थिति जनाइरहन्छ। प्रतिष्ठाको खेलमा हिँडिरहन्छ।

साँच्चै अहिले त्यो ट्राफिक के बेच्दै छ? मनमा यस्तो अनुत्तरित प्रश्न उब्जियो।

अहिले म दरबारमार्गको कुनै व्यापारिक भवनको तेस्रो तल्लामा छु। म यहाँको सामान्य कारिन्दा हुँ। मेरो अफिसबाट कम्तीमा ५० मिटरको दूरीमा रहेको एक ट्राफिक सिटी बजाउँदै छ।

घटना दरबारमार्गको हो।

दिनहुँ हजारौं सवारीसाधनको आवतजावत, पाँचतारे होटल, ठूल्ठूला महलहरु, ट्राभल एजेन्सीहरु  बैंकहरु, दोहोरी साँझ, डान्सबार, यसमाथि नेपालको शाही खान्दानको चिनारीको रुपमा रहेको नारायणहिटी दरबारले यस क्षेत्रको महत्व बढाएको छ। देशी-विदेशी पर्यटकको चहलपहलले दरबारमार्ग क्षेत्र दिनरात जागा रहन्छ। सदा सक्रिय रहनु यो ठाउँको विशेषता हो।

Ncell 2
Ncell 2
nimb
nimb

महेन्द्रको सालिक छेउमा सिटी बजाउँदै गरेको ट्राफिक मेरो आँखामा पर्‍यो। सेतो टोपी, टाई, सफाचट नीलो सर्ट, नीलो पाइन्ट। ऊ कुनै नायकभन्दा कम लाग्दैन।
ट्राफिक पनि नायक हो समाजको। (नायकहरु फिल्ममा मात्र कहाँ हुन्छन् र !)

सुतेकालाई हरेक दिन ऊ सिटीको माध्यमबाट उठाउँछ। जो उठ्न मान्दैन, सोच्नुस् ऊ सदाको लागि निदाउँछ। हरेक मान्छेलाई सकुशल गन्तव्यमा पुर्‍याउन ऊ जस्ता हजारौं ट्राफिकको भूमिका महत्वपूर्ण छ। 

म उसको क्रियाकलाप हेर्दै छु। हातको इसाराले एकोहोरो सवारी जामलाई खुलाउने प्रयास गर्दै छ। उसको ओठमा मुस्कान टुटेको छैन। सायद उसको मुस्कानबाट प्रभावित भएर सरकारले मुस्कानसहितको सेवा भन्ने कार्यक्रम ल्याएको हुँदो हो।

उसले सिटी बजाउँदा यस्तो लाग्छ, उसले ध्वनि बेचेको छ। मन न हो, के-के सोच्छ-सोच्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म उसलाई एकोहोरो हेर्छु।

ऊ आफ्नै काममा मस्त छ । हरेक दिन उही घटना दोहोरिरहन्छ। म हाकिमको आँखा छलेर उसलाई हेर्छु। मनमा यस्तो पनि लोभ बढ्छ, उसले पनि हेरिदियोस्। मेरो चाहना यति छिटै पूरा हुने छाँटकाँट छैन । सबै म जस्ता कामचोर कहाँ हुन्छन् र! ऊ आफ्नो काममा लगनशील छ।

कसो-कसो एकदिन उसको र मेरो आँखा आपसमा ठोक्किए। उसको अनुहारमा कुनै भाव देखा परेन।

(उसको अनुहार यति निचोरिएको छ, मानौं त्यहाँ ठूलो ब्रजपात भएको छ!)
र पनि मलाई कुनै गुनासो छैन ।  नजर जुध्दा यस्तो लाग्यो, मेरो वर्षौंको प्रार्थना पूरा भयो। 

सधै झैं म अफिस पुगेँ। उही झ्यालबाट उसलाई हेर्न थालेँ, उसले पनि कसो-कसो मलाई हेर्न थालेको महसुस भयो।

केही दिनको नजर हानाहानको उपलब्धि- ऊ मलाई देख्दा मुस्कान छोड्न थालेको छ। हामीले हाम्रो भाषा मुस्कान बनायौं। संसारमा मुस्कानको भाषा पनि एक अलौकिक सिर्जना हो। 

शब्दको जरुरत हामीलाई परेन। यसलाई अझ यसरी बुझौं, हामीले बोल्ने अवसर नै पाएनौं। यो कुरालाई यतै कतै मिल्काइदिऔं।

हामीबीच यति राम्रो दोस्ती भएको थियो, मानौं हाम्रो चिनजान वर्षौं पुरानो हो। मुस्कानको हानाहानले यति भन्न सक्ने क्षमता मभित्र कसरी आइपुग्यो कुन्नि !
ऊ मेरो नयाँ साथी बन्यो। यसरी बुझ्दा गज्जब !

ऊ कुन भूगोलबाट आएको हुँदो हो? 
उसले मेरो बारेमा के सोच्दो हो?
उसले गरेको कामप्रति उसकी आमाले के सोच्दी हुन्?

गाउँमा भन्दी हुन्, मेरो छोरोले देशको सेवा गर्छ। यसो भन्दा उसकी आमाको शिर ठाडो हुँदो हो। छोरो देशको कुनै भूगोलमा कसैकी आमालाई सहयोग गर्दै होला भनेर सम्झिँदा पनि यस्सै ग्यास्ट्रिकसँग लड्ने साहस पलाउँदो हो। आफ्नो छोराप्रति गर्व गर्ने अवसर सबै आमाले कहाँ पाउँछन् र!

भर्खर उसले कुनै एक बूढी आमालाई डोर्‍याएर बाटो कटाएको छ। 

फेसबुके चर्चा कमाउने अहिलेको युगमा चर्चाको भोको कुनै साधारण मनुखेले ती बूढी आमालाई बाटो कटाउँदो हो त फेसबुकमा सेल्फीसहित पोस्टिहाल्थ्यो।
उनले बूढी आमैलाई आफ्नो धर्म सोचेर बाटो कटाए। फिलिङ खुसी!

तर त्यो ट्राफिकले ... ...?

सायद उसले यो काममा धर्मभन्दा धेरै आफ्नो कर्त्तव्य सम्झिन्छ। उस्सै पनि ट्राफिक पेशा सामान्य कहाँ हो र ?

साथीहरु गुनासो गर्छन्- यी मुला ट्राफिकहरु जनता लुट्न बसेका हुन्छन्!

हामी आफूबाट गल्ती भएको कहिल्यै महसुस गर्दैनौ। यो मानवीय प्रवृत्ति हो।

पैसाका लागि मरिहत्ते नै गर्ने भए इपिएसबाट कोरिया जान सक्ने विकल्प छ। नत्र हामी नेपालीहरुका लागि खाडी जिन्दावाद !

कस्मेटिक जवाफ- 'देश लुट्ने काम त सेतो सर्टमा कालो कोट लगाउनेहरुले गरेका छन्। ट्राफिकलाई यस्सै दोष !'

बिचरा ट्राफिकहरु! सेता सर्टधारीले बनाएको नियममा चल्ने मात्र त हुन् ट्राफिकहरू । नियम-कानुन अँगाल्दा कहिलेकाहीँ मानवीयता भन्ने चिज कहीँ-कतै चुक्ने सम्भावना चाहिँ रहन्छ, ट्राफिक जवानहरुमा।

उसो त अचेल देशको नियम र कानुनबारे मेरो आफ्नै टिप्पणी छ।

नियम जनतालाई अनुशासित, सहज तथा न्यायपूर्ण तरिकाले जीवनयापन गरुन् भनेर बनाइन्छ। तर, हाम्रो देशमा ट्राफिक नियम मान्ने फुर्सद कसलाई? 

जनता पैसा तिर्न कुनै हिच्किचाहट गर्दैन, यस कारण ट्राफिक नियम मान्दैनन्। मान्नु पनि किन! हामी त वीर गोर्खालीको विरासत बाँचेका छौं! आजसम्म कुनै झ्यासको उपनिवेशमा नबसेका हामी यस्ता जाबो ट्राफिक नियमको अन्डरमा बस्नु हामी नेपालीको धर्मले कहाँ दिन्छ र? देशमा जति ठूला क्रान्ति होस्, जतिसुकै ठूलो परिवर्तन आओस्! 

जबसम्म जनताको चेतनाको स्तर उकासिँदैन, तबसम्म नियमको औचित्य पैसा कमाउने खेलमा सीमित रहन्छ। चेतना कसैले सिकाएर सिकिने चिज हो जस्तो लाग्दैन। त्यो त अन्तर मनबाट स्वत: प्रस्फुटित हुने कुरा हो।

दुई-चार दिन भो, त्यो ट्राफिक देखिन छाड्यो। नयाँ ट्राफिकको आगमन भएको छ। 

ऋतु फेरिन नपाउँदै ट्राफिक फेरियो।  दिनहरु यस्सै बेचैन हुन थाले। कहाँ गयो ऊ? सोची बसेँ। 

धेरै दिन उसको अनुपस्थितिपछि एकदिन नयाँ ट्राफिकलाई सोध्न गएँ- 'यो भन्दा अगाडिको ट्राफिक साहेब कहाँ जानु भो?'

'खै हजुर मेरो नयाँ पोस्टिङ हो', उसले यो भन्दा धेरै बोलेन।

मलाई अरु जवाफको आवश्यकता परेन।

त्यो दिनदेखि मुस्कानको भाषाले सदा-सदाका लागि विश्राम लियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्