• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : कलंकी एक्सप्रेस

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २४, २०७४  ०५:५९
1140x725

पश्चिम नेपालका लागि हिँडेको बस नम्बर २०५५ कलंकीको लामो जाममा फसेको छ। गाडीको लाइन घ्याच्च घ्याच्च रोकिँदै बिस्तारै अगाडि बढ्दो छ। खै कस्तो-कस्तो लबस्तरो गति!

चश्मावाल ड्राइभर दाजु लगातार ननभेज गालीहरु टुच्च-टुच्च फ्याँकिरहेका छन्, कहिले अघिपछि बाइक हुँइक्याइरहेका बाइकवालाहरुको नाममा त कहिले पछिल्तिरबाट साइड च्यापिरहेका लोकल गाडीवालाहरुको नाममा। उनका 'म मा मि मी मु मू..' मिश्रित गालीको सरगमले गाडीको वातावरण उत्ताउलो छ। 

उता, ढोका छेवैको सिटमा टाँसिएर बसेको खलासी-कन्डक्टरको ग्रुप गुटखाको रातो झोल ढोका बाहिर पिच्च-पिच्च थुक्दै लामो हाँसोमा मग्न देखिन्छ, केही फेसबुकका कुरामा, केही जामका कुरामा। थोरै घरवालीका कुरामा, थोरै बाहरवालीहरुका कुरामा।  जे होस्, माहोल रसिलो बन्नुमा उनीहरुको गफगाफको देन छ। 

गाडीभित्र गुम्सिएका यात्रु भने बडो दिग्दारीको भावमा छन्। कोही मुखभरि च्यापचुप के-के चपाइरहेका, कोही झ्याल बाहिर नियालिरहेका त कोही खुसखुसमा अलमलिइरहेका। कोही सिटमा टाउको ढल्काउँदै सुतिरहेका त कोही फोनमा कस-कसलाई कुन्नि के-के चिच्याइरहेका। 

तुरुन्तै जाम खुलिहाल्ने कुनै छेकछन्द छैन। केही घच्याकघुचुक बाहेक गाडीहरुले कुनै सुर देखाएका छैनन्।  धन्न! काठमाडौंमा हिजोआज हर्न बजाउन निषेध गरिएको छ। होइन भने कतिसम्मको प्याँ-प्याँ पुँ-पुँ घन्किँदो हो ! अन्दाज गर्दा मात्रै पनि टाउको दुख्यो। 

ए साँच्ची ! तपाईंहरुले हेक्का राख्नु भा'छ कि छैन कुन्नि! मलाई भने सधैंजसो एउटा कुरा बडो अचम्मको लाग्छ, यी गाडीहरु देख्दा। यसो हेर्दा मेसिनरी चिज जस्तो देखिए पनि यिनीहरू बडो गज्जबको भावनाले गाँसिएका हुन्छन्। यिनीहरु मालसामान र मान्छे मात्रै कहाँ बोक्छन् र! केही कथा-कहानी, केही सूचना, केही भावना अनि अलिअलि संवेदना पनि सँगसँगै बोकेर हिँडिरहेका हुन्छन्। 

जस्तो कि, गाउँबाट शहर हिँडेको गाडीले गाउँले सरसामान र गाउँका मान्छे मात्रै बोकेका हुँदैनन्। त्यहाँ त आफ्नो घर छोडेर विदेशिन बाध्य भएको छोराको आँसु मिसिएको हुन्छ, बूढीआमालाई एक्लै छोडी शहर पढ्न हिँडेको छोराको विवशता लुकेको हुन्छ। अनि त्यतै कतै हुन्छ, भर्खरै बिहेबारी गराई गाउँबाट शहर पठाइएकी नवदुलही छोरीको पीडा। 

साँच्चै! गाडीहरु धेरै कुरा सँगसँगै बोकेर हुइँकिरहेका हुन्छन्। र त एउटा गाडी दुर्घटनामा पर्दा केवल गाडी मात्रै कहाँ मासिन्छ र, गाडीसँगै मासिन्छन् केही भावना, केही भरोसा, केही थोरै खुसीका झिल्काहरु अनि असंख्य सुनौला सपनाहरु पनि।

Ncell 2
Ncell 2

खैर! छोड्नुस् यी कुरा। हामी त अहिले कलंकीको जाममा पो छौं। एक अस्तव्यस्त लामो जाममा। जहाँको ताजा स्थिति भन्नुपर्दा- यत्रतत्र छरिएका लामा-छोटा गाडीहरुको लामले अलग्गै रौनक छाएको छ। ट्राफिकका अनेक सांकेतिक सिटी। थरीथरीका छरपस्ट आवाज। काला-खैरा धुलो-धुवाँको मुस्लो। त्यसमा केही रङको सम्मिश्रण पनि। अहो ! हेर्नुस् त, कलंकी त झन्-झन् अद्भूत पो भइरहेछ।

***

'पानी ! पानी ! 
चिसो ठन्डा कुल कुल पानी !!'

गाडी रोकिएको मौका छोपेर शरीरमा सुपरमार्केट बोकेर हिँडिरहेका खुद्रा व्यापारीहरु बसका झ्यालमा देखा पर्न थालेका छन्। जोडजोडले घाँटी तन्काउँदै निरन्तर चिच्याइरहेका छन्। केही सोधपुछ, केही व्यापार, केही जबर्जस्ती।

अहिले भर्खरै बाहिर एउटा कलिलो केटो हातमा बडेमानको पोको लिएर चिच्याउँदै आएको छ:

'पुष्टकारी! पुष्टकारी !
फ्रेस खुवा बाट बनेको स्वादिलो पुष्टकारी !'

उसको आवाजमा तपाईं बडो गज्जबको आकर्षण देख्न सक्नुहुन्छ। उमेर मुस्किलले १२ वर्ष होला। तर, फूर्ति भने हेर्नुस् न ! बडो जवान झैं देखिदै छ। बिल्कुलै अद्भूत अन्दाजको जोस।

केही सोधपुछ, केही जबर्जस्ती र थोरै लेनदेनपछि ऊ गएको छ। ऊ गएसँगै काटीकुटी ऊ जस्तै तर अलिक सानो कदको केटो अझ कडा रुपमा प्रस्तुत हुन आएको छ।

'लेज! कुर्कुरे! 
लौ हजुर! आयो आयो, खट्टो पिरो लेज कुर्कुरे !'

यसरी तपाईं देख्न सक्नुहुन्छ, बसको झ्याल हुँदै फेरिइरहेका अनेक चेहरा, मान्छे र आवाजहरु ।

'तन्ना ! तन्ना ! 
मात्र पान्सयमा डबल बेड दुइटा तन्ना!'

कस्तो मीठो संयोग! जामकै कारण उनीहरुको व्यापार चम्किरहेको छ। यता, गाडीमा लोकगीत बडो जोडजोडले घन्किँदो छ। 

'गोर्खा मनकामना
झ्याप्पै माया लाइहालौं भने'नि ठीक छैन जमाना !'

गाउँघरतिरको याद दिलाउने गरी गीत खुबै बज्दो छ बसमा। म बबुरो भने ए साइडको सिट नम्बर ८ मा जमेर बसेको छु, ट्वाल्ल पर्दै। कहिले झ्याल बाहिर चियाउँदै, कहिले बसभित्रको नजारामा आँखा दौडाउँदै। घरिघरि मुखमा पानी सुर्क्याउँदै। बिल्कुल मस्तमौला!

तपाईंलाई त थाहै छ, बसपार्कदेखि नै मेरो छेउको सिट नम्बर ७ बिल्कुल खाली-खाली छ। खै कुन्नि, को भाग्यमानी बस्नेवाला छ यो सिटमा! पक्कै पनि कलंकी काउन्टरमा कुरेर बसेको हुनुपर्छ त्यो मनुवा। हेरौं, को पर्ने हो!

यता, तपाईं सजिलैसँग देख्न सक्नुहुन्छ, मेरो सिटै पछाडि छन् दशैं बिदामा विदेशबाट फर्किएका केही नौजवान लाहुरे मित्रहरु। लोकल हो कि विदेशी रक्सीको चुस्सचुस्स सर्को लिँदै मस्त छन्। लामो समयपछि घर फर्किन पाउदाको खुसीले होला, उनीहरु बडो प्रफुल्ल देखिन्छन्! 

शरीरमा सुपरमार्केटधारी खुद्रा व्यापारीहरुसँग उनीहरु बहुतै रमाइला बातचित गरिरहेका जस्ता देखिन्छन् । बडो रसिलो देखिँदै छ उनीहरुको संवाद। आउनुस् ! हामी पनि त्यतैतिर कान ठाडा पारौं:
-ओ  … ! … र … … !
-ओइ … ! … … छ ?
- … … त … … … छ । चाइन्छ ?
-धत् साला !
०००
-ल है … … ! …! … … ! मात्र … … … डबल … …!!
- एक्लो ज्यान के-को डबल तन्ना ? अब … … गरे … … …!

***

यस्तैमा, लाहुरे मित्रहरू खुद्रा व्यापारीहरुको अनुहारको रङमा जाँदै  एकापसमा गफ फाल्न थाल्छन्, 'साला यी … हरु! गतिलो काम केही गर्नु छैन। खालि यस्तै पोकापन्तुरा बोक्यो-डुलायो, जिन्दगी कटायो । एक नम्बरका ठगहरु!'

अलिक हट्टाकट्टा लाहुरे अझ पड्कियो,'यसरी झिंगे काममा अल्झिनुभन्दा त बरु यिनीहरु सुरुक्क हामी जस्तो विदेशतिर गएर टन्न पैसा कमाउनु नि यार! सालाहरु, देश बिगारेकै यिनीहरूले हो!'

ऊ अलि मत्थर हुँदै गयो। मलाई भने बिस्तारै झोक चल्दै थियो। मेरो ल्याकतले भ्याउँदो हो त उसको टाउको कतिबेला बजाइसकेको हुँदो हो ! सायद तपाईंलाई पनि मलाई जस्तै लागिरहेको होला।

म छक्क पर्दै छु। विदेशी भूमिमा जतिसुकै तुच्छ काम गर्न पनि तयार यी वीर लाहुरे मित्रहरु आफ्नो देशमा भने किन यति सारो चुइँफुइँ गर्न सकेका होलान् हँ! देशमा जेजति काम गरेका छन्, तिनै सुन्दर मन भएका मान्छेहरुले त गरेका छन्, जो कुनै पनि काम सानो या ठूलो भनेर बिल्कुलै हिच्किचाउँदैनन्। 

दु:ख लाग्छ, श्रमको सम्मान गर्न नसक्ने यस्ता महान् श्रमजीवीहरु देख्दा। लाग्दैछ, यिनको संगतमा यात्रा बडो दिक्दारमय बन्छ क्यारे। धन्न  गाडीमा केही रहरलाग्दा गीतको रसपान गर्न पाइएको छ।

***

एकाध घन्टाको अत्यासलाग्दो पर्खाइपछि बल्ल जाम अलिअलि खुल्दै गएको छ। यसो बुझिल्याउँदा कलंकी चोक  र आसपासको सडक मर्मत जारी रहेकाले यतिविघ्न जाम हुन पुगेको रै'छ।

बिस्तारै गाडी कलंकी काउन्टरको ठ्याक्कै अगाडि आइपुगेको छ। काउन्टरमा पर्खिरहेका यात्रुहरु गाडी आएसँगै फटाफट चढ्न थालेका छन्।

काउन्टर आसपासमा गाडीवालाहरुको गज्जबको रस्साकस्सी चल्दो छ। कोही धनगढी, कोही नेपालगञ्ज, कोही दाङ, कोही बुटवल त कोही पोखरा र झापा भट्याउँदा छन्।

यात्रुहरुको तानातान बडो गर्मिलो बनिरहेछ । झ्यालबाट टाउको निकालेर बाहिरका दृश्यहरुमा यसो नजर डुलाउँदै थिएँ, एक्कासी एउटा मधुरो स्वर कानमा ठोक्कियो।

'ओ हेल्लो दाइ, यता सर्नु त!'

झसंग हुँदै बसभित्र टाउको घुमाएँ। हातमा ब्याग लिएर उभिएकी केटी मलाई नै बोलाउँदै रै'छे। मेरो सिट पार्टनर सायद ऊ नै हुनुपर्छ। 

'हेल्लो दाइ, सुन्नु भएन? तपाईं यता छेउमा बस्नू। म उता झ्याल साइडमा बस्छु । सो, तपाईं यता सरिदिनुहुन्थ्यो कि?'

फेरि झसंग भएँ। म त एकोहोरो हेरेको हेर्‍यो पो भएछु।

झ्यालनेर बस्ने असीम इच्छा हुँदाहुँदै सिटबाट निस्किएर उसलाई झ्यालतिरको सिटमा बस्न बाटो छोड्दिएँ। हल्का लजालु भावमा उसको छेउमा टुसुक्क बसेँ। 

कस्तो-कस्तो एकखालको सुखद अप्ठ्यारो महसुस भइरहेको छ। केटी घरि झ्यालबाहिर त घरि भित्र नियाल्दै अनुहारमा हावा हम्किँदै छे। उसको अनुहार हुँदै बहेको हावा म हुँदै बसभरि छताछुल्ल भइरहेछ। उसको त्वचाको आभाले सम्पूर्ण हावालाई नै सुनगाभा बनाइदिएछ सायद, हावा एकाएक सुनगाभासरि मगमगाउन थालेको छ। 
अहो  यो सुगन्ध!

मलाई अब ऊसँग परिचय गरिरहनुको जरुरत नै छैन। मेरो लागि अब उसको परिचय 'सुनगाभा', अपार सुगन्ध बोकेर हिँडिरहेकी मेरी सुन्दर सहयात्री 'सुनगाभा'। लाग्दै छ, बिस्तारै उसको यो सुगन्धको उन्मादमा बेहोसिँदै छु म। मानौं कुनै विषालु रसायन घोलिएर यो हावा पूर्णतः प्राणघातक भएको छ।

'दाइ, हजुर कहाँसम्म हो?'

'हजुर !'

म एकाएक ब्युझिएँ, मस्त उडानबाट। उसले के भनी, होसै भएन।

'तपाईं कहाँसम्म जाँदै हुनुहुन्छ भनेर सोधेको के ! कान अलि कम सुन्नु हुन्छ क्या हो दाइले ?'

ऊ मुस्कुराई। म पनि मसक्क परेँ। लगातारको उसको 'दाइ' सम्बोधनले मलाई अलिक रिस पनि उठिरहेछ। हेर्दा मभन्दा जेठी देखिन्छे मोरी! ठीकै छ, राम्री केटीहरुले दाइ भनेको'नि राम्रै हो। जसोतसो चित्त बुझाएँ।

'सल्यानसम्म नै जाने हो। श्रीनगर ओर्लिन्छु होला सायद। तपाईं नि?"

एकै सासमा के-के भनेँ, सब बेहोसीमा भनेँ। तर, बेहोसीमै पनि बहिनी चाहिँ बिल्कुल भनिनँ।

'म त दाङसम्म मात्रै हो, दाइ। तुल्सीपुरमै झर्छु। चिनेको दाइको गाडी भएर यसमै टिकट काट्दिनुभएछ । फर्स्ट टाइम सल्यानको गाडीमा चढ्दै छु।'

खुलस्त हुँदै गई ऊ। लाग्यो, दाङकी केटी परी, फ्र्याङ्क नहोस् पनि कसरी? म पो परे गाउँले ठिटो। भर्खर-भर्खर शहर छिरेको फ्रेस गाउँले ठिटो। जिस्क्याउन त परै जाओस्, उल्टै आफैं केटी जस्तो पो लजाइ रा'छु। धत्!

अलिक मनोबल जुटाउँदै छु। अलिअलि नर्मल पनि हुने कोसिसमा छु। तर, मुग्लिन-सुग्लिनको जाम-साम जोडजाड गरेर अबको करिब १५-१६ घन्टा ऊ सँगै यात्रा गर्नुपर्ने जो छ। सर्ट-पाइन्ट हल्का झारझुर पारेर मिलाउँदै अलि सजिलो गरी सिटमा पोजिसन मिलाएँ।

***

गाडी अब कलंकी छोड्ने क्रममा छ। ब्यागबाट सामसुङ जे सेभेनको सेट निकालेर फेसबुकमा कुन्नि कोसँग च्याटमा मस्त छे ऊ। उसको खैरो कर्ली कपाल दाहिने बान्की हानेर बसिरहेछ। छताछुल्ल। गोरो त्वचामा कर्ली कपाल असाध्यै खुलेको छ। झ्याल हुँदै बगिरहेको मन्द बतासमा ती केशराशि सुस्तरी चलमलाउँदा छन्। टलक्क टल्किरहेका। अहो ! यो सौन्दर्यको विराटता । म मर्दै छु पलपल।

उसको संगतमा यात्रा रोमान्टिक भइरहेछ। अघिका लाहुरे मित्रहरु, गाडी स्टाफ, खुद्रा व्यापारी र कलंकीको रमझम सब भुल्दै छु म। मानसपटलमा केवल ऊ, उसका खैरा कर्ली केशराशि र तिनको अद्भुत सुगन्धको रंगीन कोलाज  मात्रै एकोहोरो छाइरहेछ।

लागिरहेछ, मेरी सुन्दर सहयात्री 'सुनगाभा' र उसको कर्ली कपालबारे म एउटा सुन्दर कविता कोरूँ। अ कर्ली पोएम। गोरो पानामा खैरो मसी छताछुल्ल पार्दै केही शब्दहरु उसको कपालको नाममा समर्पण गरूँ म। अ पोएटिक डेडिकेसन ।

ए मेरी मगमगाउँदी सुनगाभा !
म तिम्रो सु-बास्नामा
मेरो हराएको सुगन्ध खोज्न चाहन्छु 
आऊ ! 
लैजाऊ मेरो यो 'म'लाई मबाट,
अनि सजाइ देऊ तिम्रा 
खैरा कर्ली केशराशिमा!
म तिम्रो त्वचाको
सुगन्धित स्पर्शमा
जिन्दगी खोज्न चाहन्छु
यो लामो यात्रा
अब तिम्रै लागि।

ऊ अझै पनि मोबाइल हेर्दै फिस्स-फिस्स मुस्कुराइरहेकी छे। गाडी बिस्तारै थानकोटको उकालो चढ्दै छ। म भने यता रसिलो माहोलको स्वाद टुच्च-टुच्च लिँदै दुई लाम्चा कानमा इयरफोन कोचेर बच्चु कैलाशको स्वरमा सुर मिलाउँदै छु।

'टाढा-टाढा जानु छ साथी
एकफेर हाँसिदेऊ…।'

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
मतदानको निर्धारित समय सकियो बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्