• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्क संगठनबारे भाजपा र कांग्रेसको विपरीत नीति

मोदीको प्राथमिकतामा बिम्स्टेक, राहुलको जोड सार्कमा
64x64
नेपाल लाइभ बुधबार, चैत २७, २०७५  १४:४५
1140x725

काठमाडौं- लोकतन्त्रको ठूलो महाेत्सव मानिने चुनावमा होमिएको छ, दक्षिणी छिमेकी भारत। लोकसभा निर्वाचनले भारतीय चुनावी माहोल निकै गरम बनिरहेको छ।

विश्व शक्ति राष्ट्रकाे रुपमा उदाउँदै गरेको एक छिमेकीको चुनावप्रति अरु छिमेकीको स्वभाविक चासो हुन्छ। चुनावमा जित्न सक्ने ठानिएका दलले लिएको नीतिले छिमेकमा पनि प्रभाव पार्छ। त्यसमा पनि उनीहरुले अबलम्बन गर्ने विदेश नीतिप्रति चासो रहनु स्वभाविक हो।

चुनावमार्फत सत्तामा जानसक्ने प्रवल सम्भावना रहेका दुई दल भारतीय जनाता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)का घोषणापत्र केलाउँदा मुलतः विदेश नीतिमा समानता नै भेटिए पनि दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई हेर्ने विषयमा भने दुई पार्टीबीच मतऐक्यता रहेको छैन।

नरेन्द्र मोदी नेतृत्वको सरकारले दक्षिण एसियाकै पुरानो क्षेत्रीय संगठन सार्कलाई ओझेलमा पारेर अर्को संगठन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुकाे प्रयास (विम्स्टेक)लाई अघि बढाउन चाहेको भन्ने बुझाइ पाइन्छ।

त्यसलाई नै बल पुग्ने गरी आएको छ, भाजपाको यसपालीको चुनावी घोषणा पत्र। भारतीय विदेश नीतिमा सरकारभन्दा पनि ‘साउथ ब्लक’ हावी हुने ठानिए पनि सत्तामा पुग्न सक्ने दलले ल्याएको चुनावी घोषणापत्रले अर्थ राख्छ नै।

भाजपाले ‘संकल्प पत्र’का नाममा सार्वजनिक गरेको घोषणापत्रको ३८औं पृष्ठमा विदेश नीतिबारे उल्लेख छ। त्यसमा बहुपक्षीय सहकार्य गर्नेबारे समेटिएकाे छ।

भाजपाले आफ्नो घोषणापत्रमा संयुक्त राष्ट्र संघ, जी–२०, ब्रिक्स, एससिओ, कमनवेल्थ, रुस, इन्डिया र चीनबीचको सम्बन्धलाई प्रभावकारी बनाउन (आरआइसी)लाई सुदृढ गर्ने कुरा उल्लेख गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै जेएआई(जापान–अमेरिका–इन्डिया) तथा बिमस्टेक तथा आसियानलाई सुदृढ बनाउँदै क्षेत्रीय सहयोग र सहकार्य बढाउने उल्लेख गरेको छ। तर, त्यसमा सार्क कहिँ पनि उल्लेख छैन। नेपाल लगायतका देशमा गरिने चिन्ता मुताविक नै भाजपाले चुनाव जितेको खण्डमा सार्कलाई भन्दा विम्स्टेकलाई प्राथमिकता दिने देखिन्छ।

उता कांग्रेसले भने सार्कलाई प्राथमिकता दिएको छ। कांग्रेसले चुनावका लागि ल्याएको घोषणा पत्रको २६औं पृष्ठमा विदेश नीतिबारे उल्लेख गरेको छ। कांग्रेसले छिमेकीलाई प्राथमिकता दिँदै बहुपक्षीय सहकार्यमा पनि निकै जोड दिएको छ।

कांग्रेसले क्षेत्रीय सहकार्य गर्ने मामिलामा विशेषगरी छिमेकी र जी–२० मा रहेका देशसँगको सम्बन्धलाई प्रगाढ बनाउने कुरामा जोड दिएको छ। त्यस्तै आसियानलाई पनि प्रभावकारी बनाउने बताएको छ। भाजापाले सार्क उल्लेख नगरे जस्तै कांग्रेसले विम्स्टेकको नामसमेत उल्लेख गरेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सार्क र आसियानमा रहेका देशसँगको भौगोलिक निकटताको फाइदा उठाउँदै द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदान गरिने कांग्रेसको घोषणापत्रमा जनाइएकाे छ।

भारत–पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धले सार्कको अस्तित्व नै संकटमा पर्ने अवस्था आइरहेका बेला कांग्रेसले चुनाव जितेमा सार्कले पुर्नजीवन पाउने सम्भावना छ।

नेपाल सार्कको संस्थापक सदस्य हो भने अहिले अध्यक्षता पनि नेपालले नै गरिरहेको छ। काठमाडौंमा सचिवालय रहेको सार्क सन् १९८५ मा स्थापना भएको थियो। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा आयोजना गर्न लागिएको १९औं सार्क शिखर सम्मेलनमा भारतले अन्तिम समयमा आएर भाग लिन नसक्ने जनाएको थियो।

भारत प्रशासित काश्मीरको उरीमा भारतीय सैन्य शिविरमा भएको आक्रणपछि भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ। त्यसको प्रभाव शिखर सम्मेलनमा परेको थियो।

त्यसअघि सन् २०१४ मा नेपालले १८औं सम्मेलन आयोजना गरेको थियो। १९औं शिखर सम्मेलनमा पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम रहे पनि सम्मेलन बीचमै रोकिएपछि नेपालले नै सार्कको अध्यक्षता गरिरहेको छ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा भने नेपाल सन् २००४ मा मात्रै सदस्य बनेको थियो। नेपालले नै सन् २०१८ को अगस्टमा बिम्स्टेकको चौथो सम्मेलन आयोजना गरको थियो।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्