काठमाडाैं- त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यवसायी सुवास श्रेष्ठ २७ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
शुक्रबार दिउँसो पौने २ बजे थाई एयरलाइन्सको फ्लाइटमार्फत काठमाडौंबाट बैंकक जान लागेको अवस्थामा श्रेष्ठसहित परिवारका ५ जनालाई प्रहरीले अवैध विदेशी मुद्रासहित पक्राउ गरेको थियो। पक्राउ परेको व्यवसायीसँग २७ लाख रुपैयाँ धरौटी लिएर अनुसन्धान थालेको आन्तरिक राजस्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए।
श्रेष्ठले विमानस्थलभित्र कान्तिपुर क्याफेसहित विभिन्न पेसा व्यवसाय गर्दै आएका थिए।
पक्राउ पर्नेका व्यवसायी सुवास श्रेष्ठसहित उनकी पत्नी उमादेवी, २ छोरी र एक छोरा थिए। प्रहरीले उनीहरूको साथबाट थाई भाट २२ हजार १ सय ५०, ब्युरो १ हजार ३ सय ८०, अमेरिकी डलर १० हजार, चिनियाँ युयान ८० हजार बरामद गरेको थियो।
प्रहरीले उनीहरुलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।