भक्तपुर- सूर्यविनायक नगरपालिका–१, दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि 'एचवानएनवान' भाइरस भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ। दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा 'बर्ड फ्लू' भेटिएपछि गएराति कुखुरा मारिएको छ।
फार्म सञ्चालक मधुराम न्यौपानेको फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भएको पाइएपछि गएराति २ हजार २ सय कुखुरा नष्ट गरिएको हाे फार्ममा रहेका कुुखुरामा 'एचवानएनवान' भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए।
बर्ड फ्लू सङ्क्रमित क्षेत्रको ४ किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ।
यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू पुष्टि भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।