काठमाडौं- सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई एक लाखको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन्।
नेपाल आँखा अस्पतालको ४५औं वार्षिक साधारण सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रम देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए।
'स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालको पनि सहयोगको अपेक्षा गरिएको छ,' उनले भने, 'नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्याउन सरकार लागि परेको छ।
सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ। अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा दिने गरी अर्थमन्त्री खतिवडाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।